Trending
  • यातायात व्यवस्था कार्यालय बुटवलका कर्मचारीहरुप्रति सेवाग्राही आक्रोसित - Butwal Online

    बुटवल, २१ साउन । बुटवल स्थित यातायात व्यवस्था कार्यालयका कर्मचारीहरुप्रति सेवाग्राहीहरु आक्रोसित भएका छन् ।



    सवारी चालक अनुमति पत्र लिन मंगलबार बिहान १० बजे यातायात व्यवस्था कार्यालय पुगेका सेवाग्राहीहरु अपरान्ह ४ बजेर ५ मिनेट सम्म पनि सम्बन्धित फाटका कर्मचारीहरु नभेटिएपछि सेवाग्राहीहरु आक्रोसित भएका हुन् ।

    कतिपय फाटका कर्मचारीहरु दिनभर जसो कार्यकक्षमा अनुपस्थित रहेको र भएका कर्मचारीहरुबाट पनि गैरजिम्मेवारपन देखाएको सेवाग्राहीको आरोप छ । मोटरसाइकलको सवारीचालक अनुमतिपत्रमा कारको अनुमतिपत्र थप गर्न मंलगबार मध्यान्ह १२ बजे सो कार्यालयमा पुगेका सेवाग्राही दिपक भट्टराइले अपरान्ह ४ बजेर ५ मिनेट जादा सम्म सम्बन्धित फाटमा कर्मचारी नभएर आफ्नो काम रोकिएको गुनासो गरे ।

    अन्य बिषयको समाचार संकलनकालागि बुटवल अनलाइनको टिम यातायात व्यवस्था कार्यालय पुग्दा सेवाग्राहीहरु हो हल्ला गर्न थालेका थिए । बिहान १० बजे देखि कार्यालय पुगेका सेवाग्राहीहरु अपरान्ह ४ बजे सम्म पनि कामको टुंगो नलागेपछि त्यहाँ रहेका केही कर्मचारीहरुप्रति आक्रोस पोखिरहेका थिए ।

    उनिहरु भन्दै थिए–‘यो फाटको कर्मचारी खोई, त्यो फाटको कर्मचारी खोई, हाकिम साहेव खोई ?’ सेवाग्राहीहरुको आक्रोसको बिषयमा बुटवल अनलाइनले राखेको जिज्ञासामा सो कार्यालयका कम्प्युटर अप्रेटर लक्ष्मण पाण्डेले दिउसो अढाई घण्टा विभागको सर्भर नचलेका कारण काम रोकिएको प्रतिक्रिया दिए ।

    दिनभर आफ्नो फाटमा अनुपस्थित रहेको सेवाग्राहीको आरोपको सम्बन्धमा उनले सर्भर नचलेका कारण आफु फाटमा नरहेको र सर्भर चलेपछि आएको जानकारी दिए । यद्यपी आफु फाटमा नभए पनि कार्यालय भन्दा बाहिर नगएको दाबी गरे । कार्यालयको कामप्रति सेवाग्राही आक्रोसित भएको बिषयमा जिज्ञासामा कार्यालय प्रमुख रमेश खनालले त्यो समस्या यहाँको मात्रै नभएर देशभरकै समस्या भएको प्रतिक्रिया दिए ।

    सवारी चालक अनुमतिपत्रको ट्रायल परिक्षा लिन आफु सहित केही कर्मचारीहरु फिल्डमा रहेका कारण सबै कर्मचारी कार्यकक्षमा नरहेको बताउदै उनले कामै रोकिने गरी कर्मचारीहरु अनुपस्थित नरहेको दाबी गरे ।

    बुटवल अनलाइन संवाददाता

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार