Trending
  • नवलपुर जिल्ला प्रशाशन कार्यालयद्वारा तिजमा तडकभडक नगर्न आग्रह - Butwal Online

    सदिक्षा गैरे

    कावासोती, २२ साउन । जिल्ला प्रशाशन कार्यालय नवलपुरले नेपाली महिलाहरुको महान् पर्व हरितालिका तिजलमा तडक भडक नगर्न आग्रह गरेको छ ।



    प्रमुख जिल्ला अधिकारी बिष्णुकुमार कार्कीले एक सुचना प्रकाशित गर्दे तिजलाई परम्परागत तवरले बनाउन आग्रह  छन् । “विगतमा भेटघाट, मनोरञ्जन र तिजको गित मार्फत् मनको बह व्यक्त गर्ने, एकआपसमा खुशीयाली साट्दै शुभकामना व्यक्त गर्ने पर्वको रुपमा तिजलाई लिईन्थ्यो ।” प्रमुख जिल्ला अधिकारी कार्कीले जारी गरेको सुचनामा उल्लेख छ ।

    तर पछिल्लो समय एक महिना अघि देखिनै तिज मनाउने नाममा विभिन्न विकृतिहरु भित्रिएकाले नवलपुर जिल्लामा तडक भडक नगरि परम्परागत तवरले तिज मनाउन जिल्ला प्रशाशन कार्यालयले आग्रह गरेको छ । तिजको दर खाने बहानामा एक महिना अघिदेखिनै बिभिन्न पार्टी प्यालेसहरुमा भेला भई फजुल खर्च गर्ने, अनावश्यक रुपमा गरगहनाहरु प्रर्दशन गर्ने र उच्चध्वनीयुक्त साधनहरु प्रयोग गरि होहल्ला गर्ने क्रम बढेकाले त्यसो नगर्न प्रशाशनले सचेत समेत गराएको छ ।

    जिल्ला प्रशाशन कार्यालयले तिज एक मौलिक पर्व भएकाले यसको गरिमा जोगाईराख्नु सबैको कर्तव्य भएको भनदै यसको सास्कृतिक पक्षको प्रचार प्रसार गर्दे नेपालीपनले तिज मनाउन पनि आग्रह गरेको छ ।

    सदिक्षा गैरे

    सदिक्षा गैरे बुटवल अनलाइनका नवलपुर सम्बादाता हुन् ।

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार