Trending
  • आरक्षण कटौती प्रति पाल्पाली सरोकारवालाको गुनासो - Butwal Online
    आरक्षण कटौती प्रति पाल्पाली सरोकारवालाको गुनासो

    सुनिल कार्की 

    साउन २२, पाल्पा । लोकसेवा आयोगको परिक्षामा आरक्षणको व्यवस्था हटाएकोप्रति जिल्लाका सरोकारवालाले गुनासो गरेका छन् । यो संविधानको मर्म विपरित भएको उनिहरुको ठम्याइ छ ।



    नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद् पाल्पाको आयोजनामा २५ औं विश्व आदिवासी दिवसका अवसरमा बुधबार तानसेनमा आयोजना गरेको सामाजिक सद्भाव, दिगो शान्ति र समृद्ध नेपालका लागि अन्तरसम्वाद कार्यक्रममा सहभागीहरुले यस्तो गुनासो गरेका हुन् ।

    प्रदेश नम्बर ५ का संसाद डाक्टर पुरनमान बज्राचार्यले दलित, जनजाती, महिला र पछाडी परेका वर्गलाई अधिकार सम्पन्न बनाउन विशेष अधिकार सहितको आरक्षण अनिवार्य रहेको बताए । नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद् पाल्पाका संस्थापक अध्यक्ष गमबहादुर थापाले समृद्ध नेपाल निर्माणका लागि सामाजिक सद्भाव र दिगो शान्ति अपरिहार्य विषयमा अवधारणा पत्र प्रस्तुत गरेका थिए ।

    हिन्दु अतिवादको सोच राखेर अझैपनि समाजमा जातीय विभेद कायम रहेको दलित अधिकारकर्मी तीर्थप्रसाद गौतमले बताए।
    कार्यक्रम परिषदका अध्यक्ष केहरसिं रानाको सभापतित्वमा भएको कार्यक्रममा उपाध्यक्ष प्रेमसागर शाहीले स्वागत र सचिव राधाकृष्ण दंगालले सञ्चालन गरेका थिए ।

    सुनिल कार्की

    सुनिल कार्की बुटवल अनलाइनका पाल्पा सम्बादाता हुन्

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार