Trending
  • नवलपुरमा जिल्ला स्तरीय दौड प्रतियोगिता हुने - Butwal Online
    नवलपुरमा जिल्ला स्तरीय दौड प्रतियोगिता हुने

    सदिक्षा गैरे
    कावासोती २२ साउन । नवलपुरको कावसोतिमा जिल्ला स्तरीय दौड प्रतियोगिता हुने भएको छ । युवामञ्च नवलपुरको आयोजनामा यहि साउन २५ गते प्रतियोगिता हुने बुधबार कावासोतिमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिईएको छ ।



    सो प्रतियोगितामा १६ वर्ष देखी २८ वर्षसम्मका पुर्ण रुपमा स्वस्थ्य ब्याक्तीहरुले सहभागिता जनाउन सक्ने नवलपुर युवामञ्चका अध्यक्ष मंगल लामाले जानकारी दिए ।

    सो दिन बिहान ७ वजे कावासोतीको खुल्ला मैदानबाट दौड शुरु गरि बिष्णुनगर हुदै , कालिका स्कुलबाट पुनः खुल्ला मैदानमा आएर सकिने आयोजक ले जानाकारी दिएको छ ।
    दौडमा प्रथम हुनेले नगद २० हजार , दोस्रो स्थान हासिल गर्नेले नगद १० हजार र तेस्रो स्थान हासिल गर्ने ले नगद ५ हजार पुरस्कार प्राप्त गर्नेछन् ।

    पछिल्लो समयमा युवाहरुमा खेलकुदप्रती चासो नदेखिएको र बिशेष गरि नवलपुरमा दौड प्रतियोगिताको आयोजना नभएको हुनाले नवलपुर युवा मञ्चले प्रतियोगिताको आयोजना गर्न लागेको अध्यक्ष लामाले जानकारी दिए ।

    आयोजकका अनुसार प्रतियोगितामा करिब १०० जनाले सहभागिता जनाउनेछन् भने ३००० दर्शक ले दौड प्रतियोगिता प्रत्यक्ष अबलोकन गर्नेछन् ।

    सदिक्षा गैरे

    सदिक्षा गैरे बुटवल अनलाइनका नवलपुर सम्बादाता हुन् ।

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार