Trending
  • नवलपुरमा ८१ हजार नगद सहित १० जुवाडे पक्राउ - Butwal Online
    नवलपुरमा ८१ हजार नगद सहित १० जुवाडे पक्राउ

    सदिक्षा गैरे
    कावासोती २२ साउन । नवलपुरको कावासोती बाट जुवा खेलिरहेको अबस्थामा १० जना जुवाडे पक्राउ परेका छन् । उनिहरुको साथबाट ८१ हजार ७ सय पैसठ्ठी रुपैया समेत बरामद भएको छ ।



    बुधबार अपरान्ह कावासोती ८ स्थित बुधे तामाङको घर बाट उनिहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुर ले जानकारी दिएको छ ।
    प्रहरिका अनुसार घरधनी बुधे तामाङ सहित प्रकाश भण्डारी, रुद्रबहादुर मल्ल, प्रेमबहादुर थापा, घनश्याम चुवाई , ईन्द्रदेब पटेल, ढाकाराम न्यौपाने, तुलबहादुर राना, नन्दलाल बि.क. र श्याम पुर्जा मगर पक्राउ परेको प्रहरी निरीक्षक राजेन्द्रप्रसाद अधिकारीले बताए ।

    जुवा खेलिरहेको खालबाट प्रहरीले ७५ हजार ५ सय पच्चीस रुपैया नेपाली मुद्रा र ३ हजार ९ सय भारतीय मुद्रा सहित उनीहरुलाई नियन्त्रणमा लिईएको अधिकारिले बताए । उनिहरु बारे अनुसन्धान भैरहेको र उनिहरुलाई जुवा येन अन्तर्गत कारबाही हुने अधिकारिको भनाई छ ।

    सदिक्षा गैरे

    सदिक्षा गैरे बुटवल अनलाइनका नवलपुर सम्बादाता हुन् ।

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार