Trending
  • बुटवलको सडक बिस्तार कार्य तत्कालका लागि अगाडी नबढ्ने - Butwal Online

    उच्च अदालत बुटवल इजलासद्धारा घरधनीहरुको पक्षमा फैसला

    प्रकाश खनाल

    बुटवलको राजमार्ग चौराहदेखि गोलपार्क चिडियाखोला सडक बिस्तारको काम तत्काल अगाडी नबढ्ने भएको छ । बुटवल–बेलहीया व्यापारिक मार्ग सडक बिस्तार आयोजना बिरुद्ध परेको तत्काल घर नभत्काउन माग गर्दै परेको रिट निवेदनप्रति बुधबार अन्तिम सुनुवाई गर्दै उच्च अदालत तुल्सीपूर बुटवल इजलासले घरधनीहरुले माग गरेको अन्तरिम आदेश बमोजिम घरधनीहरुको पक्षमा निर्णय गरेको हो ।




    अदालतको आदेशसँगै बुटवल बेलहीया सडक बिस्तार आयोजनाको काम तत्कालका लागि अगाडी नबढ्ने भएको छ । उच्च अदालत तुल्सीपूर बुटवल इजलासमा सिद्धार्थ राजमार्ग अन्तर्गत पर्ने बुटवलको राजमार्ग चौराहदेखि गोलपार्क सडक किनाराका घर धनीहरुले तत्काल घर भत्काउने कार्य रोक्न अन्तरिम आदेशको माग गर्दै बुटवल–बेलहीया व्यापारीक मार्ग बिस्तार आयोजना बिरुद्ध परेको रिट निवेदन उपर सुनुवाई गर्दै उच्च अदालत तुल्सीपूर बुटवल इजलासका मुख्य न्यायधिस अदालतका न्यायधिस शेसराज सिवाकोटी र दयानाथ खरेलको इजालसले मुआब्जाकालागि परेका निवेदन अधिकारप्राप्त निकाय जिल्ला प्रसासन कार्यालय रुपन्देहीमा पेश गरी इक्तिको स्वामित्व र क्षतिपुर्ती सम्बन्धमा कानून सम्मत न्यायोचीत निर्णय गरी आवस्यक निकासा नभएसम्म निवेदकहरुको घर भत्काउन र घरले चर्चेको जग्गा नियन्त्रणमा लिने काम कार्बाही नगर्न नगराउन बिपक्षीका नाउमा निषेधाज्ञा जारी हुने ठहर गरेको हो ।

    बुटवल–बेलहीया व्यापारीक मार्ग बिस्तार आयोजनाले सडक सिमा भित्र पर्ने घर टहराहरु भत्काउन सूचना जारी गरेपछि सिद्धार्थ राजमार्ग अन्तर्गत पर्ने बुटवलको राजमार्ग चौराहदेखि गोलपार्क सडक किनाराका घर धनीहरुले तत्काल घर भत्काउने कार्य रोक्न अन्तरिम आदेशको माग गर्दै अदालत गएका थिए ।

    मुख्य न्यायधिस शिवाकोटी र न्यायधिस खरेलको संयुक्त इजलासले विपक्षी व्यापारीक मार्ग बिस्तार आयोजना ( बुटवल–बेलहिया सडक योजन)बाट प्रकाशित मिति २०७६÷१÷८ को सूचना बमोजिम रिट निबेदक नारायणी देबी प्रधान समेत १५६ जनाले मुआब्जाका पाउ भनि निवेदन दिएका थिए ।

    घर धनीहरुले आयोजनाले घर भत्काउने भए आफुहरुलाई मुआब्जा दिनुपर्ने माग गर्दै आएका छन् । यस अघि आयोजनाले ८२ फुट सडक भित्र कसैको घर जग्गा पर्ने भए आवस्यक प्रमाण सहित कार्यालयमा पेश गर्न भनि सूचना जारी गरेकोमा कसैले पनि आवस्यक प्रमाण पेश गर्न नसकेको आयोजनाको दाबी छ । सोही प्रकृतिको मुद्धा यस अघि अदालतले खारेज गरिदिएको थियो ।

    बुटवल –बेलहीया सडक बिस्तार आयोजना बिरुद्ध रुपन्देहीको बेलहीया देखि बुटवलको राजमार्ग चौराह सम्मको सडक बिस्तार बिरुद्ध सो क्षेत्रका घर धनीहरुले दायर गरेको सोही प्रकृतिका एक दर्जन बढि रिट निवेदन खारेज भएको अवस्थामा सोह िप्रकृतिको मुद्धामा उच्च अदालत बुटवल इजलासको पछिल्लो फैसलाई अर्थपूर्ण रुपमा लिइएको छ । निर्णयलाई लिएर अदालत विकासको बाधक भएको टिप्पणि हुन थालेको छ ।

    बुटवल अनलाइन संवाददाता

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार