Trending
  • सिंह कम्प्लेक्स बिरुद्धको रिट खारेज - Butwal Online
    सिंह कम्प्लेक्स बिरुद्धको रिट खारेज

    बुटवल, २३ साउन । बिद्युत आपूर्तीको माग गर्दै सुरपद्यमा हाउजिङ प्रा लि (सिह कम्प्लेस) बिरुद्ध परेको रिट खारेज भएको छ ।



    बुटवल उपमहानगरपालिकाको बिवाद समाधान समितिबाट आएको निर्णय पछि र स्थानीय सरकारले पटक÷पटक कम्पनीलाई गरेको अनुरोध पछि पनि कम्पनीले सटरहरुमा बिजुली नदिएको र व्यापारीहरु लाई व्यापार गर्न र आफ्नो सामानको संरक्षण गर्न रोक लगाएको हुदा कम्पनी विरुद्ध ब्यवसायीहरुले उच्च अदालत तुल्सीपुर बुटवल इजलासमा रिट दायर गरेका थिए ।

    रिट उपर उच्च अदालत तुल्सीपुर बुटवल इजलासमा बुधबार भएको सुनुवाई पछि न्यायधिस हरि प्रसाद पौडेल र राज्य लक्ष्मी बज्राचार्यको संयुक्त ईजलासले रिट खारेज गर्ने निर्णय गरेको हो ।

    स्थानिय सरकारको क्षेत्राधिकारमा नपर्ने विषयमा निर्णय गरेको भन्दै सुरपद्यमा हाउजिङ प्रालिले जिल्ला अदालत रुपन्देहीमा मिति २०७५ चैत्र १५ गते मुद्धा दिएको थियो । न्यायिक समितिले सुरपद्यमा हाउजिङ प्रालि संचालकलाई ६० रुपैया स्क्वायर फिट घरभाडा कायम गर्न गराउन २०७५ माघ २१ गते निर्देशन दिएको थियो ।

    जिल्ला अदालत रुपन्देहीमा मुद्धा बिचाराधिन रहेकोले जिल्ला अदालतबाटै अंतिम निर्णय आउने भन्दै रिट खारेज भएको हो । रुपन्देहीकै नमुना ब्यवसायीक कम्प्लेक्सको पाच तल्ला भवनमा ८४ वटा सटर छन । जसमध्ये २३ जना ब्यवसायीहरुलाई अत्यधिक बहाल वृद्धि र सम्झौता पत्र नदिएको विवाद बाट सुरु भएको बिषय ८ महिना सम्म पनि निकास पाउन सकेको छैन ।

    एका तर्फ १९ जना ब्यवसायीहरु आफ्नो ब्यवसाय छोडेर लामो समयसम्म आन्दोलनमा रहेका छन् । बुटवल क्षेत्रमा रहेका व्यवसायीहरुकै प्रतिष्ठित नेता र बुटवल उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष र विवाद समाधान उपसमितिका संयोजक समेत रहेका सिंह आफ्नै कम्पनीको विवाद मिलाउन सकेका छैनन् । जसका कारण डेढ दर्जन व्यवसायीहरु विगत ८ महिनादेखि पीडित हुँदै आएका छन् ।

    बुटवल अनलाइन संवाददाता

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार