Trending
  • विदेशी मुद्राको भाउ बढ्यो - Butwal Online
    विदेशी मुद्राको भाउ बढ्यो

    काठमाण्डौ, २३ साउन । आज बिहीबार पनि कतारी रियाल बाहेक सबै विदेशी मुद्राको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार एक अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ १२ पैसा र बिक्रीदर ११३ रुपैयाँ ७२ पैसा तोकेको छ । हिजो खरिददर ११३ रुपैयाँ र बिक्रीदर ११३ रुपैयाँ ६० पैसा थियो ।



    साउदी रियाल १ को खरिददर ३० रुपैयाँ १६ पैसा र बिक्रीदर ३० रुपैयाँ ३२ पैसा छ । हिजो खरिददर ३० रुपैयाँ १३ पैसा र बिक्रीदर ३० रुपैयाँ २९ पैसा रहेको थियो।

    यस्तै आज कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ९५ पैसा र बिक्रीदर ३१ रुपैयाँ १२ पैसा तोकेको छ । हिजो खरिददर ३१ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३१ रुपैयाँ १९ पैसा रहेको थियो ।

    बिहीबार यूएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ ८० पैसा र बिक्रीदर ३० रुपैयाँ ९६ पैसा पुगेको छ । हिजो यसको खरिददर ३० रुपैयाँ ७६ पैसा र बिक्रीदर ३० रुपैयाँ ९३ पैसा थियो ।

    मलेसियन रिगिंट १ को खरिददर २७ रुपैयाँ ०१ पैसा र बिक्रीदर २७ रुपैयाँ १५ पैसा छ । हिजो खरिददर २७ रुपैयाँ ०२ पैसा र बिक्रीदर २७ रुपैयाँ १६ पैसा रहेको थियो ।

    आज कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ३१ पैसा र बिक्रीदर ९ रुपैयाँ ३६ पैसा तोकेको छ । हिजो खरिददर ९ रुपैयाँ ३० पैसा र बिक्रीदर ९ रुपैयाँ ३५ पैसा थियो ।

    आज कुवेती दिनार १ को खरिददर ३७१ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३७३ रुपैयाँ ९१ पैसा छ । हिजो खरिददर ३७१ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३७३ रुपैयाँ ४५ पैसा रहेको थियो ।

    यस्तै बहराइन दिनार १ को खरिददर ३ सय रुपैयाँ ०६ पैसा र बिक्रीदर ३०१ रुपैयाँ ६६ पैसा रहेको छ । हिजो खरिददर २९९ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३०१ रुपैयाँ ३४ पैसा रहेको थियो ।

    बुटवल अनलाइन संवाददाता

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार