Trending
  • खेतमा पानी लगाउन गएका घर्ती मृत फेला - Butwal Online
    खेतमा पानी लगाउन गएका घर्ती मृत फेला

    गुल्मी, २३ साउन । जिल्लाको धुर्कोट गाउँपालिकामा एकजना व्यक्ति मृत फेला परेका छन् ।



    धुर्कोट गाउँपालिका वडा नम्बर ६ किम्मुखर्कका ४० वर्षीय भोजबहादुर घर्ती मृत फेला परेका हुन् । खेतमा पानी लगाउन गएका घर्ती मृत फेला परेको प्रहरी नायव उपरीक्षक (डीएसपी) मीनबहादुर घलेेले जानकारी दिए ।

    घर्ती बुधबार साँझ खेतमा पानी लगाउन गएका थिए । साँझ अबेरसम्म घरमा नआएपछि खोज्दै जाँदा परिवारले खेतमा मृत अवस्थामा भेटाएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।

    घर्तीको शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल ल्याइँदै छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    बुटवल अनलाइन संवाददाता

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार