Trending
  • महाराजगंज नगरपालिकाद्वारा गरिब परिवारलाई जस्तापाता बितरण - Butwal Online

    कपिलवस्तु, २३ साउन । कपिलवस्तुको महाराजगंज नगरपालिकाले गरिव तथा विपन्न परिवारलाई जस्तापाता वितरण गरेको छ ।



    नगरभित्र रहेको खरको छानो मुक्त गर्ने अभियान अन्तर्गत नगरपालिकाले जस्तापाता वितरण गरेकोछ । नगरपालिकाको ११ वटा वडामा रहेका १ सय ५० भूमीहीन गरिब परिवारलाई जस्ता पाता वितरण गरेको छ । गत आर्थिक बर्षमा १ सय ५० घरधुरीलाई जस्तापाता वितरण गर्ने कार्य अनुसार प्रदेश सरकार र नगरपालिकाले ८५ लाख रुपैयांँ बजेट छुट्याएर काम गरिएको बताइएको छ ।

    प्रत्येक घरधुरीलाई ८ वटा जस्ता पाता, ९ वाट पाइप वितरण गरिएको वडा नं १ का वडा अध्यक्ष शिव प्रसाद बनियाले बताए । आफुहरुले चुनावको समयमा गरेको वाचा पुरा गर्न यो अभियान सञ्चालन गरेका छौ । खरमुक्त बनाउने अभियानले नागरिकलाई राहत पुगेको अध्यक्ष बनियाले बताए ।

    नगरपालिकाका मेयर अब्दुल कलाम, उपमेयर शुभावती कुर्मी र वडाअध्यक्ष, कर्मचारी सहितको टोलिले जस्ता पाता वितरण गरेको हो । जस्तापाता वितरण पछि महाराजगंजका प्रशासन शाखा प्रमुख अंशु वर्माले शहरका गरीब समुदायहरुलाई परिवर्तन ल्याउन र उनीहरुको खुशी फर्काउन जस्ता पाता वितरण गरिएको बताए ।

    उनका अनुसार नगरपालिाकाका ११ वटा वडाका १ सय ५० घरधुरीलाई जस्ता पाता वितरण गरिएको हो । जस्तापाता लिएपछि वडा नम्बर १ की स्थानिय सुमित्रा सुनारले आफूलाई अत्यन्त खुशी भएको प्रतिक्रिया दिइन ।

    यो पनि पढ्नुहोस
    अनुदानको रासायनिक मलमा कालोबजारी

    बुटवल अनलाइन संवाददाता

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार