Trending
  • पर्रोहा परमेश्वरद्वारा सत्यवतीका पहिराेपिडितलाई सहयाेग - Butwal Online

    हुमाकान्त पाेखरेल
    गुल्मी, २३ साउन । रूपन्देहीकाे सैनामैना नगरपालिका १ स्थित परूवा परमेश्वर शिव ज्याेषित लिङ्ग बोलबम धामले गुल्मी सत्यवतीका पहिराे पिडितलाई सहयाेग गरेकाे छ ।



    धामले बिहिबार दुई सय ५० किलाे चामल र नगद १४ हजार पहिराे पिडितका लागि प्रदान गरेकाे हाे । धामका अध्यक्ष रामबली चाैधरी र महासचिव प्रेमलाल भुसालले सत्यवती गाँउपालिका ४ लिम्घाका अध्यक्ष दान बहादुर रानालाई नगदसहित सहयाेग प्रदान गरेका छन् ।

    प्रदान गरिएकाे रकममध्ये केही समितिकाे काेष र केही कार्यसमिति सदस्यबाट संकलन गरीएकाे हाे । यहि साउन ११ गते सत्यवतीकाे वडा वम्बर ३ लुम्पेक र वडा नम्बर ४ लिम्घामा पहिराे जाँदा १३ जनाकाे ज्यान गएकाे थियाे ।

    घटनामा तीनसय भन्दा धेरै परिवार विस्थापित भएका छन् । पिडितहरूकाे उद्दार र राहतका लागि अहिलेसम्म झण्डै नगद एक कराेड संकलन भएकाे गाँउपालिकाले जनाएकाे छ ।

    हुमाकान्त पोखरेल

    हुमाकान्त पोखरेल बुटवल अनलाइनका गुल्मी सम्बादाता हुन्

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार