Trending
  • १७ वर्ष देखि दाम्लोमा बाधिए २ दाजुभाई - Butwal Online
    १७ वर्ष देखि दाम्लोमा बाधिए २ दाजुभाई

    नेपालगन्ज, २३ साउन । तपाई हामिलाई कसैले विना कसुर एकै ठाउँमा बस्नु यता उता जान पाउदैन भन्यो भने कस्तो महसुस हुन्छ ? सायद तपाईहरुलाई पनि आतुर लाग्छ होला बाहिरी बातावरणमा रम्न अनि घुम्न ।



    पशुलाई पनि स्वतन्त्र रुपमा छाड्ने समय आएको बेला जन्मिएको ४÷५ वर्ष देखि नै डोरीमा बाधिएर बस्नुपरेको सुन्दा पक्कै नरमाइलो लाग्छ नै । नेपालगन्ज उप महानगरपालिका वडा नम्बर २० नयाँबस्ती थपुवामा दाजुभाईलाई नै डोरीले बाधेर राखिएको छ । आर्थिक अवस्था कमजोर हुदा दुई दाजु भाईको उपचार गराउन, लालानपालन गर्न कठिनाई उत्पन्न भएको छ ।

    दाई रवि राई र भाई सरोज राईलाई सानोमा हिडडुल गर्ने भएदेखि नै डोरीले बाधेर राख्न परेको उनका आमा सावित्रि राईले बताईन । सावित्रि राईका जेठो छोरा २२ वर्षका छन भने कान्छो छोरा १४ वर्षका छन । दुवै छोराहरु बौधिक अपाङ्ग भएकाले बाधेर राख्न परेको आमा सावित्रिले बताईन । उनले छोराहरुलाई नबाध्नेहो भने गाउँमा गएर सताउने, जस्तो पायो त्यस्तै खाइदिने, बेला बेलामा हराउने समस्या भएपछि बाधेरै राखिएको जानकारी दिए ।

    दुवै छोराहरुलाई हेरचाह आमाले नै गर्दे आएकी छन् । छोराहरुलाई उपचार गर्ने पैसा नहुदाँ बाधेरै घरमा राख्न परेको परिवार श्रोतले जनाएको छ । उनिहरुका बाबु विरामि बोल्न पनि नसक्ने ति दाजुभाईको हेरचाह गर्न एक्लै आमाले नसक्ने हुदाँ थप समस्या भएको छ ।

    खगेन्द्र दाहाल

    खगेन्द्र दाहाल बुटवल अनलाइनका नेपालगञ्ज सम्बादाता हुन्

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार