Trending
  • पाल्पामा जिल्ला प्रशासनको छड्केमा कार्यालय प्रमुख सहित ३४ कर्मचारी अनुपस्थित - Butwal Online
    पाल्पामा जिल्ला प्रशासनको छड्केमा कार्यालय प्रमुख सहित ३४ कर्मचारी अनुपस्थित
  • २३ जनाले पोषाक नै लगाएनन्
  • सुनिल कार्की

    पाल्पा, २३ साउन । जिल्ला प्रशासन कार्यालय पाल्पाले बिहिबार गरेको अनुगमनमा कार्यालय प्रमुख सहित ३४ कर्मचारी कार्यालयमै उपश्थित नभएको पाईएको छ ।



    सदरमुमकाम तानसेन भित्रका ३२ सरकारी कार्यालयमा गरिएको अनुगमनमा २३ जनाले पोषाक नै नलगाएको भेटिएको जिल्ला प्रशासन कार्यालय पाल्पाका प्रशासकिय अधिकृत हुम बहादुर पाण्डेले जानकारी दिए ।

    पाण्डेका अनुसार कार्यालय प्रमुख ३ जना, अधिकृत वा सो सरहका ७ जना, नायब सुब्बा वा सो सरह १२ जना,खरिदार वा सो सरह २ जना, सवारी चालक ५ जना र कार्यालय सहयोगी ५ जना अनुपश्थित रहेको पाईएको हो । कार्यालय उपश्चित नहुने र पोषाक नलगाउने कर्मचारीलाई लिखित स्पष्टिकरण लिने र थप कारवाही अघि बढाउने जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ ।

    जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत हुम बहादुर पाण्डे, रमा श्रेष्ठ, नायब सुब्बाह हरि पन्थी र लक्ष्मण घिमिरेको नेतृत्वमा चार वटा समुह निर्माण गरी कार्यालयको अनुगमन गरिएको थियो । कार्यालयमा कर्मचारी उपश्थित नहुँदा कामकारवाहीमा समस्या परेको जनगुनासो आएपछि जिल्ला प्रशासन कार्यालयले अनुगमन गरेको हो ।

    सुनिल कार्की

    सुनिल कार्की बुटवल अनलाइनका पाल्पा सम्बादाता हुन्

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार