Trending
  • तिलोत्तमा नगरपालिकाले आगामी असोजमा लगानी सम्मेलन गर्ने - Butwal Online

    सम्मेलनबाट २ अर्ब भित्रायाउने लक्ष्य

    बुटवल, २२ साउन। तिलोत्तमा नगरपालिकाले आगामी असोजमा लगानी सम्मेलन गर्ने भएको छ । नगरपालिकाले आज पत्रकार सम्मेलनको आयोजना गरि लगानी सम्मेलनका बारेमा जानकारी गराएको हो ।



    तिलोत्तमा नगरपालिकाले कृषि उद्योग शिक्षा फोहोर मैला व्यबस्थापन, स्वास्थ्य लगायतका क्षेत्रमा लगानी भित्र्याउनकालागि लगानी सम्मेलनको आयोजना गरेको नगरप्रमुख बासुदेब घिमिरेले बताए ।

    लगानी सम्मेलनमा प्रस्तुत गर्नकालागि नगरपालिकाले १९ वटा परियोजना छनौट गरेको छ ।उक्त लगानी सम्मेलनमा नगरपालिकाले प्रस्ताव गरेको औद्योगिक ग्राम, एकिकृत कृषि उत्पादन संकलन तथा प्रशोधन केन्द्र, एकिकृत फोहोर व्यबस्थापन, सिटि कलेज, बाल तथा महिला अस्पताल, एकिकृत ढाक्रेवास पर्यटकीय क्षेत्र, मासु प्रशोधन केन्द्र, प्रदेश पाँचको प्रादेशिक बसपार्क, विजनेश हब, रेलवे रिङ्रोड, स्मार्ट हाटबजार एकिकृत दुग्ध संकलन तथा प्रशोधन केन्द्रमा लगानी भित्र्याउनकालागि सम्मेलनमा प्रस्तुत गर्न लागिएको नगरप्रमुख बासुदेव घिमिरेले जानकारी गराए ।

    असोज ९ मा आयोजना गरिएको एक दिने लगानी सम्मेलनमा नेपालका राष्ट्रिय स्तरका २ सय उद्योगी र बिदेशी भारत, चिन र बङगलादेशबाट गरि ५० जना भित्र्याउने लक्ष्य रहको छ । नगरप्रमुख घिमिरेले उक्त लगानी सम्मेलनबाट २ अर्व बढी लगानी भित्र्याउने अपेक्षा गरिएको बताए ।

    उक्त लगानी सम्मेलनको पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले उद्घाटन गर्ने कार्यक्रम तय गरिएकोे छ । करिव ३० लाख रुपैंया खर्च अनुमान गरिएको उक्त तिलोत्तमा लगानी सम्मेलनकालागि चालु आर्थिक वर्षको बजेटमा नगरपालिकाले २० लाख रुपैंया बिनियोजन गरिएको र बाँकी १० लाख रुपैंया नीजि क्षेत्रबाट जुटाउने नगर प्रमुख घिमिरेले बताए ।

    स्थानिय तह मध्ये नै रचनात्मक काम गर्दै आएको तिलोत्तमा नगरपालिकाले आयोजना गर्न लागेको लगानाी सम्मेलन महत्वका साथ हेरिएको छ । लगानी सम्म्ोलन सफल पार्नका लागी नगर प्रमुख घिमिरेकोनेतृत्वमा मुल समिति र उप समितिहरु पनि गठन गरिएको छ ।

    बुटवल अनलाइन संवाददाता

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार