Trending
  • तम्घास जादै गरेको जिप दुर्घटनामा एक जनाको मृत्यु - Butwal Online
    तम्घास जादै गरेको जिप दुर्घटनामा एक जनाको मृत्यु

    बुटवल, २५ साउन । गुल्मीको गुल्मी दरवार गाउँपालिका ३ मा शुक्रबार भएको जिप दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ ।



    दुर्घटनामा अर्घाखाँची छत्रदेव गाउँपालिका ४ निवासी ४६ वर्षीय चालक हरिप्रसाद पाण्डेयको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले बताएको छ ।

    दुर्घटनामा परि गम्भीर घाइते भएका ५ जना मध्ये पाण्डेयको उपचारको क्रममा मृत्यु भएको हो ।

    दुर्घटनामा घाइते भएका अन्य ४ जना रेसुंगा नगरपालिकाका दीपक विक, शेरबहादुर विक र बोजेन्द्र तथा अर्घाखाँची घर भएका कृष्ण पाण्डेको पाल्पा प्रभासमा उपचार भैरहेको छ । जिप रिडिबाट तम्घास तर्फ जादै गर्दा दुर्घटनामा परेको थियो ।

     

     

    बुटवल अनलाइन संवाददाता

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार