Trending
  • नारायणी नदि किनारमा महिलाको शव फेला - Butwal Online
    नारायणी नदि किनारमा महिलाको शव फेला

    सदिक्षा गैरे

    कावासोती, २५ साउन । नवलपुरमा शुक्रबार साँझ एक महिलाको शब भेटिएको छ । देबचुली नगरपालिका वडा नम्बर १ केउरेनी स्थित नारायणी नदिको किनारमा अन्दाजी ४० बर्षीय एक महिलाको शब भेटिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ ।



    शबलाइ पोष्टमार्टमका लागि भरतपुर अस्पताल पठाईएको प्रहरी निरिक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिए । गोरो बर्णको , पहेँलो कुर्ता लगाएको दुबै हातमा मेहन्दी लगाएको अबस्थामा शब भेटिएको सो महिलालाई चिन्नुहुनेले जिल्ला प्रहरी कार्यालय नवलपुरको फोन नम्बर ०७८५४०१०० मा खबर गरिदिनुहुन प्रहरीले आग्रह गरेको छ ।

    सदिक्षा गैरे

    सदिक्षा गैरे बुटवल अनलाइनका नवलपुर सम्बादाता हुन् ।

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार