Trending
  • नवलपुरमा लागुऔषध सहित एकजना पक्राउ - Butwal Online
    नवलपुरमा लागुऔषध सहित एकजना पक्राउ

    सदिक्षा गैरे

    कावासोती, २५ साउन । नवलपुरमा लागु औषध सहित एक जना पक्राउ परेका छन् । मध्यविन्दु नगरपालिका वडा नम्बर ८ फुलबारी जंगल स्थित पूर्ब पश्चिम राजमार्गमा भैरहवाबाट पोखरातर्फ जाँदै गरेको ना ५ ख ८६९८ नं को बस चेक जाँच गर्ने क्रममा लागु औषध सहित एक जना पक्राउ परेका हुन् ।



    पक्राउ पर्नेमा कास्की लेखनाथ नगरपालिका १८ का २० बर्षीय कृष्ण गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ । उनको साथबाट डाईजोपाम २५८ एम्पुल, नुफिन २५८ एम्पुल, फेनरागन २५८ एम्पुल गरी ७७४ एम्पुल लागु औषध समेत बरामद भएको प्रहरी निरिक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिए ।

    पक्राउ परेका गुरुङलाई जिल्ला प्रहरी कार्यालय नवलपुरको हिरासतमा राखी अनुसन्धान गरिरहेको अधिकारीले बताए ।

    सदिक्षा गैरे

    सदिक्षा गैरे बुटवल अनलाइनका नवलपुर सम्बादाता हुन् ।

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार