Trending
  • बाँके र बर्दियामा २० वर्षको इतिहासमा छिटो धान रोपाई सकियो - Butwal Online

    खगेन्द्र दाहाल

    नेपालगन्ज, २५ साउन । अन्नको भण्डारका रुपमा चिनिने बाँके र बर्दियामा २० वर्षको इतिहासमा छिटो धान रोपाई सकिएको छ । कृषि ज्ञान केन्द्र नेपालगन्जका अनुसार पानि समयमै पर्दा किसानहरुले छिटो धान रोपाई सकेका हुन ।



     फाइल तस्बिर 

    बर्दियामा असारको पहिलो हप्ताबाट सुरु गरीएको धान रोपाई बाँकेमा भने असारको १० गते बाट सुरु भएको थियो । समय समयमा पानि परीरहेपछि राखेको व्याड पनि राम्रो सगं छिट्टै हुर्कन सकेकाले रोपाई गर्न सहज भएको बाँके खजुराका किसान गेहेन्द्र धितालले जानकारी दिए ।

    असार लाग्दै धान रोपाई सुरु गरेका बाँके र बर्दियाका किसानहरुले मध्य साउन तिर सबै सकिएकोको कृषि ज्ञान केन्द्र नेपालगन्जका प्रमुख बरिष्ठ कृषि विकास अधिकृत सागर ढकालले जानकारी दिए । बाँके र बर्दिया क्षेत्रका किसानहरुले पानिको समस्या हुने भएकाले अधिकासले छिटो फल्ने मोटो जातका धानहरु लगाउदै आएका छन ।

    राधा–४, सुख्खा–३, मकवानपुर, सामा मन्सुली तथा हाइव्रिड जातका छिटो पाक्ने धानहरु लगाउने गरीएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

    खगेन्द्र दाहाल

    खगेन्द्र दाहाल बुटवल अनलाइनका नेपालगञ्ज सम्बादाता हुन्

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार