Trending
  • इनारमा खस्दा कपिलवस्तुमा बालिकाको मृत्यु - Butwal Online
    इनारमा खस्दा कपिलवस्तुमा बालिकाको मृत्यु

    कपिलवस्तु, २५ साउन । खेल्नेक्रममा इनारमा खस्दा कपिलवस्तुमा एक बालिकाको मृत्यु भएको छ ।



    जिल्लाको शिवराज नगरपालिका ६ मजगौवा निवासी बाहु पासी को ५ वर्षकी छोरी भौली भन्ने सुन्दरी पासिको इनारमा खसी मृत्यु भएको हो ।

    पासी खेल्ने क्रममा एक्कासी इनारमा खसेकी थिइन् । घटना बारे जानकारी पाउनसाथ वडा प्रहरी कार्यालय चन्द्रौटाको प्रहरी टोली खटिई गई ईनारको पानी पम्पसेट बाट फाली बालिकालाई ईनारबाट उद्धार गरेको थियो ।

    बेहोस अवस्थामा निकाली बालिकालाइ उपचारको लागी शिवराज अस्पताल बहादुरगंज पठाईएको र उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

    बुटवल अनलाइन संवाददाता

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार