Trending
  • दुवै मृर्गौला फेल खजुुराका अमित दर्जिको उपचार गर्न आर्थिक अभाव - Butwal Online

    नेपालगन्ज २५ साउन । घरको आर्थिक अवस्था कमजोर हुदाँ केहि कमाउछु भएने बैदेशिक रोजगारीमा जानको लागी तयारी अवस्थामा डाक्टरले दुवै मृर्गौला फेल भएको रिर्पोट सुनाउदा कस्तो हुन्छ होला ।



    हामि त अनुमान मात्र लगाउन सक्छौ । तर बाँकेको खजुरा ३ का अमित दर्जिको जिवनमा यस्तै घटना घटेको छ । कार्तिक महिनामा वैदेशिक रोजगारीको सिलसिलामा आफ्नो मेडिकल परिक्षण गराउँन काठमाडौं पुगेका अमितलाई डाक्टरले दुबै मृगौला फेल भएको सुन्दा उनी छाँगाबाट खसेझैँ भए ।

    दुबै मृगौला फेल भएको खबरले अमितको परिवारमा एकदमै रुवाबासी फैलियो । बाँकेको खजुरामा बस्दै आएका अमित दर्जीको दुबै मृगौला फेल भएपछि उनलाई अहिले उपचारमा आर्थिक अभाव भएको छ । घरको आर्थिक अवस्था निकै नै दयनीय भएका अमित करिव ९ महिनादेखि पर्याप्त उपचारको अभावमा छटपटाई रहेका छन ।

    ३० वर्षिया अमित यतिबेला सामान्य हिड्डुल मात्र गर्न सक्छन । सुरुवाती दिनमा गाउँघर छरछिमेकीहरुले संकलन गरेर ४०÷५० हजार सहयोग पाएको उनी बताउँछन ।

    आर्थिक अभावका कारण उनले काठमाडौं र नेपालगन्जको अस्पतालमा सामान्य उपचार गराउँदै आएका छन । अहिले सम्म ३÷४ लाख खर्च भैसकेको दर्जिले बताए । उनलाई अहिले उनकी २७ वर्षीया श्रीमती माया दर्जीले स्याहारसुसार गरिरहेकी छिन ।

    अमितकी श्रीमती मायाले खजुराको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा ३ वर्ष अघिदेखि काम गर्दै आएकी छिन । श्रीमानले कमाएर परिवार पाल्ने समयमा यो अवस्था आएपछि थप उपचार त के परिवार पाल्न गाह्रो परेको पीडा मायाको छ । आफुले काम गरेर आएको केही कमाईले श्रीमानको औषधि र परिवार पाल्न जोहो गर्ने गरेको मायाले बताइन् ।

    अमितको हप्तामा डाइलसिसको लागि १२ हजार र हप्तामा औषधिको लागि ४ हजार लाग्ने भएपछि थप उपचारका लागि निकै गाह्रो भएको छ ।

    सबै पैसा अमितको उपचारमा खर्च भएपछि आर्थिक अभावका कारण करिब १ वर्ष अघिदेखि घर भाडा न तिरेको र घरबेटीले बारम्बार घर छोड्न दबाब दिएको कुरा मायाले रुँदै रुँदै बताइन् ।

    अमितको उपचारमा सङलग्न डाक्टर पारस श्रेष्ठले उनलाई मृगौला ट्रान्सफर गर्न सुझाव दिइसकेका छन । उनका सालाले एउटा मृगौला दिन तयार भएको तर मृगौला ट्रान्सफर गर्नको लागि चाहिने रकमको अभावले गर्दा ट्रान्सफर गर्न न सकेको अमितले दुखेसो पोखे ।

    उनलाई अहिले मृगौला ट्रान्सफर गर्न र थप उपचार गर्न डाक्टरका अनुसार करिब १५देखि १६ लाख खर्च लाग्ने अमितले बताए । सहयोगका लागि फोन न. ९८०४५४९११६ र एन आइसी एसिया बैंकको खाता नम्बर B18703881752401 मा सहयोग गर्न सकिने छ ।

    बुटवल अनलाइन संवाददाता

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार