Trending
  • लायन्स क्लब अफ बुटवल मणिमुकुन्द युथद्धारा रक्तदान - Butwal Online
    लायन्स क्लब अफ बुटवल मणिमुकुन्द युथद्धारा रक्तदान

    बुटवल,२६ साउन । लायन्स क्लब अफ बुटवल मणिमुकुन्द युथले आईतवार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।



    रक्तदान हामी सबैका लागि भन्ने मुल भावनाका साथ आयोजना गरिएको रक्तदान कार्यक्रममा ४३ जनाले रक्तदान गरेको क्लबका अध्यक्ष लक्ष्मण कुवरले जानकारी दिए ।

    कार्यक्रममा प्रमुख अतिथी लायन्स डिस्ट्रिक ३२५ बि २ का डिस्ट्रिकको चिफ ऐडभाइजर अर्जुनमान सैजुले रक्तदान जस्तो महत्वपूर्ण कार्य गरेको भन्दै क्लबको प्रसंसा गरे ।

    बुटवल स्थित नेपाल रेडक्रस सोसाईटी रुपन्देहीको रक्तसञ्चार सेवा केन्द्रमा भएको कार्यक्रममा कार्यक्रम संयोजक खिलाराज अधिकारी,क्लबका सचिब माधब नेपाल लगायतले कार्यक्रमको उदेश्यबारे प्रकास पारेका थिए ।

    बुटवल अनलाइन संवाददाता

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार