Trending
  • नवलपुरमा जिल्लामै ठूलो धनराशिको युनाईटेड गोल्डकप हुँदै - Butwal Online
    नवलपुरमा जिल्लामै ठूलो धनराशिको युनाईटेड गोल्डकप हुँदै

    कावासोति, २६ साउन । नवलपुर जिल्लाकै अग्रणि युवा क्लव यूनाईटेड युवा क्लबको आयोजनामा जिल्लामै सवैभन्दा धेरै धनरासिको फुटवल प्रतियोगिता हुने भएको छ ।



    नवलपुरको हुप्सेकोट गाउँपालिका ३ मा रहेको यस युवा क्लवले हरेक वर्ष जस्तै यसवर्ष पनि जिल्ला स्तरिय फुटवल प्रतियोगिताको आयोजना गर्न लागेको हो ।

    प्रथम हुने टिमलाई रु २ लाख र द्धित्तिय हुने टिमलाई रु १ लाख पश्चिस हजारको पुरस्कार राषि घोषणा भएसँगै ३५ औँ युनाईटेड गोल्डकप जिल्लाकै ठूलो धनराशिको प्रतियोगिता भएको आयोजकले दावि गरेका छन् ।

    प्रतियोगितामा शान्त्वना स्थान हासिल गर्ने वा सेमिफाईनलवाट वाहिरिने २ वटा टिमलाई २०,२० हजार रुपैँया प्रदान गरिने पनि रेग्मीले जानकारि दिए ।

    आयोजक क्लवका अध्यक्ष हरि थापाका अनुसार “स्वास्थ्यकोलागि खेलकुद, राष्ट्रकोलागि खेलकुद” भन्ने नारासहित ३५ औँ युनाईटेड गोल्डकप २०७६ को आयोजना गरिएको हो ।

    आउँदो भदौ महिनाको ६ गतेबाट सुरुहुने प्रतियोगिता हुप्सेकोट ३ गिरुवारिमा रहेको श्री सरस्वति सँस्कृत तथा साधारण उच्च माविको प्राङ्गणमा हुनेछ । खेल संयोजक ईश्वरी प्रसाद रेग्मीका अनुसार खेलको तयारि तिव्र रुपमा अगाडि वढेको छ । अहिले खेल मैदान व्यवस्थापन सहित खेल समयमा स्वयंसेवकले गर्नुपर्ने कार्यको वारेमा युवाक्लवका सदस्यहरुलाई तालिम दिन सुरुगरेको रेग्मीले जानकारि दिए ।

    जिल्लाकै गहना र हुप्सेकोट गाउँपालिका अन्तरगतको गिरुवारिको प्रमुख आकर्षणको रुपमा रहेको यस प्रतियोगिता युनाईटेड युवा क्लवले हरेक वर्ष हिन्दु नारिहरुको महान पर्व तिजको अवसरमा आयोजना गर्दै आईरहेको छ ।

    खेल संयोजक रेग्मीका अनुसार प्रतियोगिता भदौ ६ गतेवाट सुरु हुनेछ भने फारम भर्ने अन्तिम मिति भदौ २ गते सम्मकोलागि तय गरिएको छ । प्रतियोगितामा सहभागि हुनकालागि प्रत्येक सहभागि टिमकालागि (ईन्ट्रि शुल्क) रु १० हजार तोकिएको छ ।

    त्यस्तै खेल हेर्ने दर्शककोलागि के कस्तो व्यवस्था गरिएको छ ? भन्ने प्रश्नमा फुटवल खेलागि एवं क्लवका सचिव समेत रहेका गोकुल सारुले भने “खेल अवधिभर क्लवका स्वयंसेवकहरुले दर्शकको पनि पूर्ण ख्यान राख्नेछन् । साथै खेल हेर्नकालागि सेमि फाईनल सम्म एक टिकटको रु २५ मुल्य तोकिएको छ ।

    फाईनल खेल हेर्नकालागि १ टिकटको रु ५० या सो भन्दा धेरै हुन सक्नेछ ।” सचिव सारुका अनुसार प्रतियोगितामा नवलपुरका विभिन्न युवा क्लव एवं फुटवल क्लव सहित पश्चिम नवलपरासि, चितवन, रुपन्देही, कपिलवस्तु, पाल्पा, कास्की र काठमाडौं लगायतका जिल्लाबाट प्रतियोगि टिमहरुले सहभागिता जनाउने छन् ।

    खेललाई भव्य र सभ्य रुपमा सम्पन्न गर्नकालागि समाजका हरेक वर्गको साथ र सहयोगको आवश्यकता हुने भन्दै सम्पूर्णलाई आ आफ्नो ठाउँवाट सहयोग गर्न पनि आयोजकले अनुरोध गरेको छ । साथै गिरुवारिलाई फरक रुपमा पहिचान दिन सफल यस प्रतियोगिताको सम्पूर्ण खेलहरु हेर्नकालागि सम्पूर्ण जिल्लावासिहरु खेल मैदानमै उपस्थित भएर खेलाडि र आयोजकको हौसला वढाउनुहुनेछ भन्ने अपेक्षा लिईएको पनि आयोजकले जनाएको छ ।

    बुटवल अनलाइन संवाददाता

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार