Trending
  • नरैनापुरको गौशालामा बृक्षारोपण–साढे ६ सय विरुवा रोपियो - Butwal Online

    नरैनापुर(बाँके), साउन २६ । बाँकेको नरैनापुर गाउँपालिकाको गौशालामा आज (आइतबार) बृक्षारोपण गरिएको छ । वडा नम्बर ५ को मोतिपुरस्थित गौशाला क्षेत्रमा गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहको नेतृत्वमा साढे ६ सय विरुवा रोपिएको हो ।



    अमलाका पाँच सय र जामुनका डेढ सय विरुवा रोपिएको अध्यक्ष शाहले बताए । गाउँपालिकामा २० हजार विरुवा रोप्ने लक्ष्य लिएर गाउँपालिकाले बृक्षारोपणलाई तिब्रता दिएको छ ।

    सरकारी कार्यालय, सरकारी विद्यालय, सामुदायिक वन, सार्वजनिक ठाउँ र सडक छेउँछाउँ बृक्षारोपण गरिने अध्यक्ष शाहले जानकारी दिए । गाउँपालिकालाई हरियाली र स्वच्छ बनाउन बृक्षारोपणलाई प्राथमिकता दिइएको प्रमुख प्रशाकीय अधिकृत दलबहादुर बस्नेतले बताए ।

    बुटवल अनलाइन संवाददाता

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार