Trending
  • नगरलाई समृद्ध बनाउन नगरवासीको भूमिका महत्वपूर्ण ः नगर प्रमुख थापा - Butwal Online

    सुनवल, २७ साउन । नगरलाई समृद्ध बनाउन नगरवासीको महत्वपूर्ण भूमिका रहने सुनवल नगरपालिकाका नगर प्रमुख भिम बहादुर थापा (भरत)ले बताएका छन । महिला उद्यम केन्द्र सुनवल ६ ले आयोजना गरेको ६ दिने उद्घोषण तालीमको समापन कार्यक्रमलाई सम्वोधन गर्दै नगर प्रमुख थापाले सो कुरा बताएका हुन् ।


    नगर प्रमुख थापाले नगरका हरेक वडामा रहेका क्रियासिल महिलाहरुलाई सचेत र सक्रिय बनाउदै उद्यमसिलतासंग जोडेर अघि बढ्न सकेमात्र सुनवल नगर समृद्ध हुनसक्ने बताउदै त्यसका लागि महिलाहरुमा क्षमता अभिवृद्धि हुन जरुरी रहेको मा जोड दिए ।



    महिला उद्यम केन्द्र सुनवल ६ की अध्यक्ष अनिता भट्टराईको अध्यक्षता , नगर प्रमुख भरत थापाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडा नंम्वर ६ का वडाध्यक्ष राम प्रसाद लामा,वडासदस्यद्धय भिमा कुवंर,यानीसरा सराईली र केन्द्रकी सचिव सीता तिमील्सीना,सहभागी पुष्पा पन्थ,अनिता पाण्डे,निकीता क्षेत्री,बुद्ध माया पाठक लगाएतले तालीमको उपयोगिताबारे आ आफ्नो भनाई राखेका थिए ।

    श्रावण २१ गते देखि शुरु भएको ६ दिने उद्घोषण तालीममा ३९ जना महिलाहरुको सहभागिता रहेको थियो ।
    तालीमको सहजीकरण पत्रकार कृष्ण ढकालले गरेका थिए ।

    बुटवल अनलाइन संवाददाता

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार