Trending
  • विजयनगर गाउँपालिकामा शत प्रतिशत बालबालिका विद्यालय भर्ना - Butwal Online
    विजयनगर गाउँपालिकामा शत प्रतिशत बालबालिका विद्यालय भर्ना
  • वडा नं ७ बालबिवाह मुक्त घोषणा
  • प्रिन्स मिश्र
    कपिलवस्तु, २७ साउन । कपिलवस्तुको विजयनगर गाउँपालिकाकलाई आज एक कार्यक्रम विच बालबालिका शतप्रतिशत विद्यालय भर्ना र बाल बिबाह मुक्त वडा घोषणा भएको छ ।



    जिल्ला समन्वय समितिका संयोजक तथा कार्यक्रमका प्रमुख अतिथी नारायण प्रसाद खनालले घोषणा गरेका हुन् । बाल विबाह मुक्त अन्त्यका लागि राष्ट्रिय रणनीति २०७२ को सन् २०३० सम्ममा नेपालमा बाल बिबाह अन्त्य गर्ने लक्ष्य अनुरुप सम्पूर्ण कानुन र व्यवस्थाको सम्मान र अनुशरण गर्दै आधारभूत तह विद्यालय उमेर ५ देखि १२ वर्षका बालबालिका शतप्रतिशत विद्यालय भर्ना तथा वडा नं. ७ बाल बिबाह मुक्त घोषणा गरिएको हो ।

    गाउँ बाल संरक्षण तथा सम्वर्धन उप समिति र कालिका स्वावलम्बन सामाजिक केन्द्रले गरेको सर्वेक्षणमा २०७३/७४ मा बाल विवाह २३ प्रतिशत रहेको थियो र यो दर २०७४/७५ मा ६.६ प्रतिशत रहेको थियो । यसरी यस वर्षको सर्वेक्षणमा जम्मा ८५ विवाह भएको मध्ये १ ओटा मात्र बाल विवाह भएको तथ्याङ्कलाई आधार मान्दै बाल विवाह मुक्त घोषणा गरिएको हो ।

    कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका संयोजक नारायण प्रसाद खनालले समाजमा विद्यामान रहेका बहु विबाह,लैङिगक हिंसा, छुवाछुत, दाइजो प्रथा छाउपडी प्रथा बालश्रम र मानव बेचविखन जस्ता सामाजिक कुरीति र अन्धविश्वासको विभिन्न जनचेतनामुलक कार्यक्रममार्फत अन्त्य गर्ने बताए ।

    यी विभिन्न कुरीति, अन्धविश्वास, धार्मिक नकारामत्क विश्वासको अन्त्य नभएसम्म समाजको विकास र चेतनशील नागरिकको विकास नहुने कुरामा जोड दिए । त्यस्तै कार्यक्रममा स्वागत मन्तव्य राख्दै वडा अध्यक्ष दिनेश कुमार चौधरीले सबैको सहयोगले शतप्रतिशत विद्यालय भर्ना र बाल विवाह मुक्त वडा घोषणा गर्न सफल भएको भन्दै खुसी व्यक्त गरे ।

    हाम्रो समाजमा जरा गाडेर रहेको कुप्रथा, कुसँस्कार र अन्धविश्वास जस्ता नकारात्मक तत्वहरुलाई शिक्षा र चेतनामार्फत अन्त्य गर्ने कुरामा जोडमा दिए ।कार्यक्रमलाई समापन गर्दै गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले बाल विवाह जस्ता कुरीतिहरुलाई अन्त्य गर्न सर्व प्रथम बालबालिकाहरुलाई विद्यालयमा भर्ना गरी शिक्षामा जोड दिनुपर्ने बताए ।

    बुटवल अनलाइन संवाददाता

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार