Trending
  • प्रदेश मातहतका अस्पतालहरुको अवस्था सन्तोषजनक भएन : समिति - Butwal Online

    प्रकाश खनाल
    बुटवल, २७ साउन । प्रदेशसभाको सामाजिक विकास समितिले प्रदेश सरकार मातहतका प्रादेशिक अस्पताल, जिल्ला अस्पताल तथा आयुर्वेद अस्पतालहरुको अवस्था सन्तोषजनक नभएको जनाएको छ ।



     

    प्रदेश सरकार मातहतका अस्पतालहरुको अनुगमन पश्चात समितिले तयार पारेको प्रतिवेदनमा उक्त कुरा जनाइएको छ । अधिकांस अस्पतालहरुमा स्थायी चिकित्सक तथा नर्सहरुको अभाव रहेको,कर्मचारी समायोजन पश्चात  अधिकांस चिकित्सक संघमा परेकोले प्रदेश मातहतका अस्पतालहरुको स्वास्थ्य सेवा प्रभावित हुन सक्ने भन्दै समितिले तत्कालका लागि सेवा करारबाट आवस्यक जनशक्ति पूर्ती गरी सेवा प्रवाह गर्न समितिले सुझाव दिएको छ ।

    अस्पतालहरुमा भौतिक पूर्वाधार पर्याप्त नभएको भन्दै समितिले जिर्ण भएका भवन मर्मत सम्भार गर्न,नयाँ भवन निर्माण गर्न र औषधि तथा स्वास्थ्य यन्त्र तथा उपकरण खरिदकालागि पर्याप्त वजेट विनियोजन गर्नुपर्नेमा जोड दिएको छ । आधारभूत स्वास्थ्य र शिक्षालाई संविधानले जनताको मौलिक हकको रुपमा ग्रहण गरेको उल्लेख गर्दै समितिले स्वास्थ्य र शिक्षा जस्ता संवेदनशील विषयमा जनताको पहुँच पु¥याउन सम्वद्ध निकायहरुबीच आपसी समन्वयको आवस्यकता औल्याएको छ ।

    जनतासँग प्रत्यक्ष सम्बन्ध राख्ने स्वास्थ्य र शिक्षा जस्ता आधारभूत आवस्यकतालाई उच्च प्राथमिकतामा राखि आवस्यकता परिपूर्ती गर्ने तर्फ समितिले प्रदेशको सामाजिक विकास मन्त्रालयको ध्यानाकर्षण गराउने निर्णय समेत गरेको छ । समितिले २०७६÷३÷१५ देखि २०७६÷३÷२१ सम्म प्रदेश सरकार मातहत रहेका अस्पतालहरुको अनुगमन गरी अस्पतालहरुको अवस्थाको बारेमा प्रतिवेदन तयार पारेको हो ।

    समितिका सभापति दृगनारायण पाण्डेय नेतृत्वको टोलीले लुम्बिनी प्रादेशिक अस्पताल बुटवल, भिम अस्पताल भैरहवा,पाल्पा अस्पताल पाल्पा,गुल्मी अस्पताल गुल्मी,सन्धीखर्क अस्पताल र्घाखाँची,कपिलवस्तु अस्पताल कपिलवस्तु र पृथ्वीचन्द्र अस्पताल नवलपरासीको अनुगमन गरेको हो ।

    टोलीमा समितिका सदस्यहरु अष्टभुजा पाठक, पुरनमान बज्राचार्य, अजय साही, रिना नेपाल (बिक), दिपा बिक, कमलादेवी बिक रहेका थिए । त्यसैगरी समितिका सदस्य बाबुराम गौतमको संयोजकत्वको टोलीले दाङ,बाँके,बर्दीया,रुकुम पूर्व,रोल्पा र प्यूठान जिल्लामा रहेका अस्पतालहरुको अनुगमन गरेको थियो ।

    बुटवल अनलाइन संवाददाता

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार