Trending
  • समाज परिवर्तनमा जुट्न मुख्यमन्त्री पोखरेलको निर्देशन - Butwal Online

    सुनिल कार्की

    साउन, २७ पाल्पा । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरलले समाज परिवर्तनमा जुट्न कार्यकर्तालाई निर्देशन दिएका छन् । कार्यक्रताको धेरै समय नेता बनाउनेमा खर्च भएको भन्दै अव टोलटोलको विकासमा लाग्न मुख्यमन्त्री पोखरेलले नेकपा कार्यक्रतालाई सुझाव दिएका छन् ।



    नेकपा पाल्पाले सोमबार तानसेनमा आयोजना गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा मुख्य मन्त्री पोखरेलले अहिले दुई पाटीका सदस्यहरु एक हुँदा संगठित भएको भन्दै मिलेर काम गर्न आग्रह गरे ।

    फरक प्रसगमा केन्द्रका केहि नेताको विवादले जिल्ला स्तरका नेता तथा कार्यकर्ता विभाजित हुनुपर्ने आवश्यकता नरहेको भन्दै नेकपाका नेता समेत रहेका मुख्यमन्त्री पोखरेलले समय र परिस्थिति अनुसार केन्द्र स्तरमा बहस चल्नुु स्वभाविक भएको बताए ।

    एकतन्त्रीय शासनबाट मुलुक संघीयतामा जाँदा हलचलको महसुश हुनु स्वाभावि रहेको बताए । नेकपा पाल्पाका अध्यक्ष नारायण आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा सचिव गिरबहादुर थापाले संचालन गरेका थिए। कार्यक्रममा जिल्लाका ५ सय भन्दा बढी अगुवा कार्यकर्ताको सहभागिता रहेको थियो।

    सुनिल कार्की

    सुनिल कार्की बुटवल अनलाइनका पाल्पा सम्बादाता हुन्

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार