Trending
  • परिवार नियोजन संघ पाल्पाले मनायो रचनात्मक कार्यक्रम गरि युवा दिवस - Butwal Online

    सुनिल कार्की

    पाल्पा,२७  साउन । नेपाल परिवार नियोजन संघ पाल्पा शाखाले २० औं अन्तराष्ट्रिय युवा दिवस मनाएको छ । शिक्षामा रुपान्त्रण भन्ने नाराका साथ शाखाले एक रचनात्मक कार्यक्रमका विच अन्तराष्ट्रिय युवा दिवश मनाइएको हो ।



    परिवार नियोजन संघ पाल्पा शाखाले मुल्य मान्यताको पहिचान र ब्यवहार परिवर्तन सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

    प्रशिक्षण कार्यक्रमका प्रमुख प्रशिक्षक नेपाल परिवार नियोजन संघ पाल्पा शाखाका प्रबन्धक शोबाकान्त न्यौपानेले आफ्नो मुल्या मान्यता कसरी बुझ्ने,आफ्नो क्षमता कसरी थाहा पाउने, जिवन परिवर्तन कसरी गर्न सकिन्छ ,सकारात्मक सोंच लगायतका विषयमा प्रशिक्षण दिएका थिए ।

    कार्यक्रममा नेपाल परिवार नियोजन संघमा यौंन तथा प्रजनन स्वास्थ्यको क्षेत्रमा काम गर्ने साथि शिक्षक,युवा उपसमितिका सदस्य,रोटरी क्लवका प्रतिनिधि, जिल्लाका विभिन्न बालक्लबमा आबद्ध किशोर किशोरी, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, पत्रकार लगायतको सहभागीता रहेको थियो ।

    कार्यक्रमका प्रमुख अतिथि तानसेन नगरपालिका ६ का वडाअध्यक्ष सागरमान महर्जनले युवा दिवसको अवसरमा भएको जिवनउपयोगी मुल्य मान्यत र ब्यवहार परिवर्तन सम्बन्धी प्रशिक्षणले समय सापेक्ष निकै प्रभावकारी भुमिका खेल्ने बताए ।

    यस्तै कार्यक्रमका बिशिष्ट अतिथि नेपाल परिवार नियोजन संघकी केन्दीय युवा सदस्य माला न्यौपानेले युवा दिवशको अवसरमा शुभकामना दिर्दैं युवा नै देश परिवर्तनको संबाहक भएकोले जीवन उपयोगी सिपलाई आत्मसाथ गर्न सुझाव दिनुभएको थियो ।

    कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पा शाखाका उपध्यक्ष भरत शर्माले अझै पनि धेरै किशोर किशोरी आफ्नो क्षमता के छ भनेर बुझ्न नसक्दा समस्यामा परेको भन्दै यस किसिमको जिवनउपयोगि प्रशिक्षणले विद्यार्थीको सफल भविष्य निर्माण सहयोग पुग्ने बताएका थिए ।
    कार्यक्रम नेपाल परिवार नियोजन संघ पाल्पा शाखा र रोट्रयाक्ट क्लब पाल्पाको संयुक्त आयोजनामा भएको थियो । कार्यक्रम नेपाल परिवार नियोजन संघ पाल्पा शाखाका उपसभापति चित्रवलीराम सुवालको अध्यक्षतामा भएको थियो ।

    सुनिल कार्की

    सुनिल कार्की बुटवल अनलाइनका पाल्पा सम्बादाता हुन्

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार