Trending
  • धान गोड्न मेसिनको प्रयोग - Butwal Online
    धान गोड्न मेसिनको प्रयोग

    खगेन्द्र दाहाल

    बर्दिया, २७ साउन । बर्दियाको राजापुरमा किसानहरुले धान गोड्न मेसिनको प्रयोगको अध्यास गरेका छन । प्रधानमन्त्रि कृषि आधुनिकिकरण परियोजना धान सुपर जोन राजापुरद्धारा अनुदानमा प्राप्त धान गोड्ने मेसिनलाई अहिले किसानले प्रयोगमा ल्याएका छन ।



    राजापुरका अधिकाश परम्पराग्त रुपमा आफै र कामदार लगाएर झार उखल्ने कार्य गर्ने गरेका किसानहरु धान गोड्ने मेसिन आएपछि यसतर्फ आर्कषित हुदै यसको प्रयोग गर्न थालेका हुन ।

    सिसा परियोजनाको प्रावधिक सहयोगमा सोमबार राजापुरको भिमापुरमा धान गोड्ने मेसिनको प्रयोग कसरी गर्ने भनेर किसानहरुलाई सिकाइएको थियो । इन्जिन जडित र हातले चलाउन सक्ने मेसिनको प्रयोगात्मक प्रदर्शनि हेरेपछि राजापुर ७ का मंगल चौधरीले छिटो छरितो सरल तरिकाले मेसिनले झार गोडमेल गर्न सकिने प्रतिक्रिया दिएका थिए ।

    मेसिनको प्रयोग महिला पुरुष दुवैले सहज गर्न सकिने भएकाले पनि किसानको रोजाइमा पर्न थालेको सिसा परियोजनाका कृषि प्रावधिक हरि आचार्यले बताए ।

    कृषि प्रावधिक आचार्यले धान रोप्ने मेसिनले रोपेको १५ देखि २५ दिन सम्मका धानलाई गोड्न सहज हुने बताए । लाइनमा रोपेको धानमा पनि गोड्ने मेसिन प्रयोग गर्न सकिने आचार्यको सुझाव छ ।

    मेसिनले गोडेको धानको उत्पादन उखलेको काटेको भन्दा राम्रो हुने कृषि प्रावधिक आचार्यले बताए । राजापुरमा यसै वर्ष भित्रिएको उक्त मेसिन सुपर जोनले अनुदान स्वरुप किसानलाई प्रदान गरेको राजापुर ४ शान्तिपुरका नारायण पराजुलिले बताए ।

    मेसिनको प्रदैशनि हेर्न र प्रयोगात्मक गर्न राजापुर नगर पालीकाका वडा नम्बर ३, ४, ५ र ७ का धान खेती गर्ने ६५ बढि किसानहरु आएका थिए । मेसिनको प्रयोग बढ्न थालेपछि खेतमा काम गर्ने कामदार अभाव कम हुने किसानहरुले विश्वास लिएका छन ।

    खगेन्द्र दाहाल

    खगेन्द्र दाहाल बुटवल अनलाइनका नेपालगञ्ज सम्बादाता हुन्

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार