Trending
  • कोहलपुर नगरद्वारा म्याद नाघेका सामान नियन्त्रणमा - Butwal Online
    कोहलपुर नगरद्वारा म्याद नाघेका सामान नियन्त्रणमा

    कोहलपुर, साउन २७ । बाँकेको कोहलपुर नगरपालिकाले कोहलपुरको एउटा पसलमा अनुगमन गरी म्याद नाघेका सामानहरु नियन्त्रणमा लिएको छ ।

     



    कोहलपुर नगरपालिका अन्तर्गत बजार अनुगमन टोलिले कोहलपुर नगरपालिका वडा नं. ११मा रहेको जय श्री लक्ष्मी स्टोरबाट करिब १ लाख बराबर मूल्य पर्ने म्याद नाघेका सामानहरु नियन्त्रण गरेको छ ।

    कोहलपुर नगरपालिका बजार अनुगमन टोलिका संयोजक धन बहादुर खत्रीका अनुसार अनुगमनका क्रममा जय श्री लक्ष्मी स्टोरबाट खाद्य तथा खुद्रा सामान अन्तर्गत तेल, चाउचाउ, बिस्कुट, जुस, चिउरा, कोलकेट, आटा, ललिपप, चिजबल, स्वायबिन, चिप्स लगायतका सामानहरु नियन्त्रण लिएर नष्ट गरिएको छ ।

    साथै उनले नियन्त्रण लिई नष्ट गरेका सामानहरुको मूल्य करिब एक लाख बराबर रहेको बताएका छन् । म्याद नाघेको सामानहरु प्रयोग गर्दा उपभोक्ताहरुको स्वास्थ्यमा गम्भिर असर पर्ने भएकाले अनुगमनका क्रममा म्याद नाघेका सामानहरुलाई नियन्त्रणमा लिई नष्ट गरिएको उपभोक्ता हित संरक्षण बाँकेका सचिव प्रभात कुमार ठकुरीले बताएका छन् ।

    कोहलपुर नगरपालिका बजार अनुगमन टोलिका संयोजक धनबहादुर खत्रिको नेतृत्वमा इलाका प्रशासन कार्यालयका तुल्सीराम चापागाई, इलाका प्रहरि कार्यालयका प्रतिनिधि कृष्ण खड्का, उपभोक्ता हित संरक्षण मञ्च बाँकेका सचिव प्रभात कुमार ठकुरी, उद्योग वाणिज्य संघ कोहलपुर बाँकेकी सदस्य सीता कार्की, कोहलपुर नगरपालिकाका प्रतिनिधि ईन्द्रमणि ढकाल र नगर प्रहरी लगायतको टोलिले बजार अनुगमन गरिरहेको छ ।

    कोहलपुर नगरपालिका बजार अनुगमनले १४ वटा मापदण्ड तय गरी अनुगमनलाई निरन्तरता दिईरहेको संयोजक खत्रीले बताएका छन् ।

    बुटवल अनलाइन संवाददाता

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार