Trending
  • सर्पले डस्दा सैनामैनामा एक जनाको मृत्यु - Butwal Online
    सर्पले डस्दा सैनामैनामा एक जनाको मृत्यु

    बुटवल, २८ साउन । रुपन्देहीको सैनामैना नगरपालिकामा सर्पको टोकाईबाट एक जनाको मृत्यु भएको छ । सर्पको टोकाईबाट वडा न. १० पानबारी निवासी वर्ष ५० की सुकमाया रेश्मी मगरको मृत्यु भएको वडा सदस्य चन्द्र बहादुर थापाले जानकारी दिए ।



    हिजो (सोमबार) विहान दाँत सफा गर्दै घरको छेउमा हिडेकी सुकमायालाई एक्कासी खुट्टाको औँलामा विषालु सर्पले डसेको थियो । गम्भीर घाइते अवस्थामा रहेकी उनलाईृ बुटवलको लुम्बिनी प्रादेशिक लुम्बिनी अस्पतालमा उपचारका लागी लैजादा अस्पतालले मृत्यु भएको घोषणा गरेको थियो । अत्यधिक गर्मी बढेसंगै सैनामैना लगायत आसपासका क्षेत्रमा विषालु सर्पको विगविगी बढेको छ ।

    बुटवल अनलाइन संवाददाता

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार