Trending
  • प्रदेश लोकसेवा आयोगका अध्यक्ष भट्टराईद्धारा सपथ ग्रहण (फोटो फिचर) - Butwal Online

    बुटवल, २८ साउन । प्रदेश लोकसेवा आयोगका अध्यक्ष प्राध्यापक डिलाराम भट्टराईले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।



    मंगलबार बुटवल स्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित सपथ ग्रहण कार्यक्रममा उच्च अदालत तुल्सीपूरका मुख्य न्यायधिस रमेश पोखरेलले अध्यक्ष भट्टराईलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।

    कार्यक्रममा प्रदेश प्रमुख उमाकान्त झा,मुख्यमन्त्री शंकर पोखरेल,सभामुख प्रदेशका मन्त्रीहरु,प्रदेशसभा सदस्य,प्रदेशका उच्च पदस्थ कर्मचारी,कार्यालय प्रमुखहरुको सहभागिता रहेको थियो । प्राध्यापक डिलाराम भट्टराईलाई प्रदेश प्रमुख उमाकान्त झा ले साउन २३ गते प्रदेश लोकसेवा आयोगको अध्यक्षमा नियुक्त गरेका थिए ।

    बुटवल अनलाइन संवाददाता

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार