Trending
  • ससुरालीमा गएर श्रीमती, सालो र सासुमाथी खुकुरी प्रहार - Butwal Online
    ससुरालीमा गएर श्रीमती, सालो र सासुमाथी खुकुरी प्रहार

    अर्घाखाँची, २८ साउन । जिल्लाको भुमिकास्थान नगरपालिकामा एक व्यक्तिले खुकुरी प्रहार गर्दा ३ जना घाइते भएका छन् ।



    भुमिकास्थान नगरपालिका वडा नम्बर ६ खमारीबासका २७ वर्षीय चिरन घर्तीले त्यसै नगरपालिकाकाे वडा नम्बर ८ मा रहेको ससुरालीमा गएराती गएर खुकुरी प्रहार गर्दा श्रीमती, सालो र सासु गम्भीर घाइते भएका हुन् ।

    खुकुरी प्रहारबाट १८ वर्षीया श्रीमती गिता घर्ती, ४३ वर्षीया सासू भुमकला क्षेत्री र ११ वर्षीया सालो अर्जुन क्षेत्री गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए । खुकुरी प्रहार गरेर तीनै जनालाई घाइते बनाएपछि उनी फरार रहेका छन् । फरार रहेका घर्तीको खोजी भैरहेको प्रहरीले बताएको छ ।

    घाइते तीनै जनाको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार हुन नसकेपछि लुम्बिनी अञ्चल अस्पताल बुटबल पठाइएको थियो । बुटबलमा पनि उपचार हुन नसकेपछि तीनै जनालाई चितवनको पुरानो मेडिकल कलेजमा पठाइएको प्रहरीले बताएको छ ।

    बुटवल अनलाइन संवाददाता

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार