क्युपेक बुटवल उपमहानगर कमिटीको प्रथम परिषद भेला सम्पन्न - Butwal Online

बुटवल, २८ साउन । नेपाल विजुली पेन्टर पलम्बर तथा निर्माण मजदुर युनियन (क्युपेक) बुटवल उपमहानगर कमिटीको प्रथम वार्षिक परिषद् भेला मंगलबार बुटवल सम्पन्न भएको छ ।



युनियनका अध्यक्ष गंगाराम सुनारको अध्यक्षता तथा जिफन्ट केन्द्रीय उपाध्यक्ष कमल गौतमको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । सो अवसरमा बोल्दै उपाध्यक्ष गौतमले असंगठित क्षेत्रका मजदुरहरुलाई पनि सामाजिक सुरक्षा योजनामा सहभागी गराउन सरकार लाग्नुपर्ने बताए । उनले सामाजिक सुरक्षा योजना असफल बनाउन केही मानिसहरु लागे पनि त्यो सफल नहुने र सामाजिक सुरक्षा योजना पूर्ण रुपमा कार्यान्वन हुने दावी गरे ।

कार्यक्रमा क्युपेकका केन्द्रीय सचिव कृष्ण ढुंगेल, युनियनका सल्लाहकार नकुल शाही, क्युपेक रुपन्देहीका सचिव विनोद आचार्य, जिफन्ट प्रदेश पाँचका उपाध्यक्ष टोलराज पौडेल लगायतले बोलेका थिए । युनियनका सहसचिव बलबहादुर विकको स्वागत तथा सचिव नवल गुरूङको सञ्चालनमा कार्यक्रम भएको थियो ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार