क्युएफएक्स सिनेमाज बागेश्वरीले मनायो तेस्रो वार्षिक उत्सव - Butwal Online

नेपालगन्ज, २८ साउन । नेपालगन्जमा रहेको क्युएफएक्स सिनेमाज बागेश्वरीले आफ्नो तेस्रो वार्षिक उत्सव आफ्ना कर्मचारी र सुभचिन्तकसगं मनाएको छ ।



स्थापना समयको तीन वर्षमै क्युएफएक्सले दर्शकहरुको मन जित्न सफल भएको भन्दै एक कार्यक्रमको आयोजना गरी वार्षिक उत्सव मनाएको हो ।

वार्षिक उत्सवमा क्युएफएक्स सिनेमाज बागेश्वरीका प्रबन्ध निर्देशक जय प्रकाश श्रेष्ठ र प्रबन्धक निरजमान शाक्यले सयुक्त रुपमा केक काटेर उत्सवको शुभारम्भ गरेका थिए । अत्याधुनिक प्रविधिले निर्माण भएको उक्त क्युएफएक्समा ३ सय ८५ जना र २ सय ९० जना अटाउने गरि सुबिधा सम्पन्न दुई हलहरु रहेका छन ।

क्युएफएक्सका भावना पुन र नवीन चौधरीलाई तीन वर्षको अवधिमा उत्कृष्ट कार्य गरे बापत कदरपत्र सहित सम्मान गरिएको थियो । कार्यक्रममा पहिलेको बागेश्वरी चलचित्र मन्दिर देखि क्युएफएक्स सिनेमाज सम्म आइपुग्दाको अवस्थाको बारेमा भिडियो प्रोफाइल प्रस्तुत गरिएको थियो ।

स्वच्छ र सुरक्षीत वातावरण , दर्शकमैत्री कर्मचारी र आरामदायी सिटमा टुडि र र्थीडि क्षमताको पर्दामा सिनेमा देखाउदै आइएको क्युएफएक्सका प्रबन्धक निरजमान श्रेष्ठले बताए । नेपालगन्जमा सन २०१६ अगष्ट १२ तारिखको दिन क्युएफएक्सको स्थापना भएको थियो ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार