स्वदेशमै रोजगारीको वातावरण बनाउन आग्रह - Butwal Online
स्वदेशमै रोजगारीको वातावरण बनाउन आग्रह

बुटवल, २८ साउन । बैदेशिक रोजगारीले सामाजिक असरहरु देखा परेको भन्दै स्वदेशमै रोजगारीको वातावरण बनाउन सरोकारवाहरुले आग्रह गरेका छन ।



समता फाउण्डेशन नेपाल र जागरण मिडिया सेन्टरद्धारा मंगलबार बुटवलमा आयोजना गरेको बैदेशिक रोजगारीको समस्या र प्रदेश सरकारको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले उक्त कुरा बताएका हुन् । उनीहरुले सरकारले आन्तरीक रोजगारीको वातावरण बनाउँदै बैदेशिक दक्ष जनशक्ति मात्रै विदेश पठाउने गरि सम्झौता गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा प्रदेश सांसद कमलादेवी विश्वकर्माले प्रदेश सरकारले आन्तरीक रोजगारीलाई बढाँदै बैदेशिक रोजगारीलाई नियन्त्रण गर्नुपर्ने बताईन् । प्रदेश सरकारले कृषि र उद्यमशिलता मार्फत आन्तरीक रोजगारीलाई बृद्धि गरेको बताउँदै उनले नीति निर्माण गर्ने तहबाट आफूहरुले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाईन ।

प्रदेश सांसद दीपा विश्वकर्माले बैदेशिक रोजगारी नेपालीहरुको लागि बाध्यता र रहर दुवै भएको बताउँदै बैदेशिक रोजगारीले निम्त्याएको सामाजिक असर न्यूनिकरणमा सबै लाग्नुपर्नेमा जोड दिइन् । अर्का प्रदेश सांसद थानकुमारी थापाले बैदेशिक रोजगारीले परिवारमा टुटफुट निम्त्याएको बताउँदै आफूहरु यो समस्याप्रती संवेदनशिल रहेको बताईन । पूर्व सांसद विनोद पहाडीले फिलिपिन्स र श्रीलंकाले जसरी कामदारलाई सम्मान गरेको छ, त्यहि अनुसार नेपालले पनि सिको गर्नुपर्ने बताए ।

कार्यक्रममा तिलोत्तमा नगरपालिकाका कार्यपालिका सदस्य एचवि रम्तेल, मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय उपसभापति गोविन्द खनाल, लेखक मनिकर कार्की, अधिकारकर्मीहरु उमा पौडेल, प्रकाश सुनार, नर बहादुर सुनार, रिटर्नी माइग्रेन नेपालका प्रकाश पौडेल, जानकी घिमिरे लगायतले बोल्दै बैदेशिक रोजगारीले गाउँ रित्तिदै गएको तर्फ ध्यान दिन सरकारको ध्यानआकर्षण गराए ।

कार्यक्रमको उदेश्यमाथि प्रकाश पार्दै समता फाउडेशनका अध्यक्ष प्रदीप परियारले बैदेशिक रोजगारीले नेपाली अर्थतन्त्रमा ठूलो टेवा पु¥याएपनि यसले सामाजिक रुपमा भने ठूलो असर पारेको बताए । प्रर्बद्धन बोर्डका अनुसार बैदेशिक रोजगारीमा जानेहरुमध्ये प्रदेश एक र दुईको हिस्सा करिब ५० प्रतिशत रहेको छ । प्रदेश तीन र ५ को १६÷१६ प्रतिशत, प्रदेश ४ मा १३ प्रतिशत , प्रदेशका ६ मा ३ प्रतिशत र प्रदेश सातमा २ प्रतिशत रहेको छ । जनगणना २०६८ का अनुसार नेपालमा १६ देखि ४० बर्ष उमेर समुहको जनसंख्या ४०.६८ प्रतिशत रहेको छ ।

 

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार