डुम्रेमा हाईसको ठक्करबाट पैदालयात्री घाइते - Butwal Online
डुम्रेमा हाईसको ठक्करबाट पैदालयात्री घाइते

सुनिल कार्की

पाल्पा, २८ साउन । सिदार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडक खण्डको तानसेन ८ डुम्रेमा हाईसको ठक्कर एकजना पैदलयात्रु घाईते भएक छन ।



सडकखण्डको डुम्रे बजार नजिकै हाइसले बाटो हिडे रहेकी तिनाउँ गाउँपालिका ३ कि सरस्वती बुढालाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

घाईते भएकी बुढाको प्रभास स्थित लुम्बिेनि मेडिकल कलेज प्रभासमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी कृष्णराज सापकोटाले जानकारी दिए ।

घाईते बुढाको अवस्था मध्यम रहेको सुचना अधिकारी सपकोटाले बताउनुभयो । घटना बारे थप अनुशन्धान गर्न ठक्कर दिने हाईस र चालकलाई नियन्त्रण लिएको प्रहरीले जनाएको छ ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार