Trending
  • पाल्पाको निस्दी गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण - Butwal Online

    सुनिल कार्की

    पाल्पा, २८ साउन । पाल्पाको भौगोलिक विकटा रहेको निस्दी गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरिएको छ । स्वास्थ्य सेवाको सँगसाँगै एम्बुलेन्सको अभावमा दैनिक जिवनयापन गर्न बाध्य निस्दी गाउँपालिकाका जनतालाई राहत प्रदान गर्न वडा नं. २ सहलकोट स्वास्थ्य चौकीलाई एम्बुलेन्स प्रदान गरिएको हो ।



    सामाजिक बिकास मन्त्रालय प्रदेश नम्बर ५ को सहयोगमा जिल्ला स्वास्थ्य कार्यालयको समन्वयमा एम्बुलेन्स हस्तान्त्रण गरिएको हो ।
    प्रदेश सांसद नारायण आचार्य, युवराज खनाल, जिल्ला समन्वय समिति अध्यक्ष दयाराज बस्यालले गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारुलाई एम्बुलेन्सको साचो तथा कागजात हस्तान्तरण गरिएको हो ।

    कार्यक्रमा प्रदेश सांसद नारायण आचार्यले निस्दी गाउँपालिका मानव सुचकांङ्कमा पछि पर्नुका साथै बिभिन्न अवसरबाट बञ्चीत रहदै आएकोमा स्वास्थ्य सेवाको पहुँचले अगाडी बढन सघाउ पुग्ने बताए । यस्तै अर्का सांसद युवराज खनालले ग्रामिण बस्तीका आधारभुत तहका जनतालाई स्वास्थ्य शिक्षाको क्षेत्रमा पहँुच पु¥याउन सबैको भुमिका रहनु पर्ने बताए । जिल्ला समन्वय समितिका प्रमुख दयाराज बस्यालले जनताको प्रत्यक्ष सरोकार संग जोडिएको स्वास्थ्य सेवालाई सहज बनाउन एम्बुलेन्स सहयोगी हुने बताए ।

    एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा एम्बुलेन्सको साँचो तथा कागजात ग्रहण गर्दै निस्दी गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारुले आफुहरुले पाएको उपहारलाई गरिव जनताको हितमा उपयोग गर्ने बताए । उनले गरिवलाई हात्तीको दान जस्तो उखान नबनाई अब छिट्टै नै कार्यविधी बनाई दिर्घकालिन रुपमै संचालन गर्ने बताए ।

    केम खाम्चा स्मिृती प्रतिष्ठानका अध्यक्ष तथा समाजसेवी देवीलाल लामिछानेले सदरमुकाम देखि करिव ९० किलोमिटर पुर्व रहेको सहलकोट, बाकामलाङ क्षेत्रलाई प्राप्त एम्बुलेन्सले दुर दराजमा रहेका सर्व साधारण जेष्ठ नागरिक, सुत्केरी अशक्तहरुलाई एम्बुलेन्सले राहत पु¥याउने बताए । प्राप्त एम्बुलेन्स सेवा निस्दी, रामपुर नगरपालिका र पूर्वखोला गाउँपालिकाका बस्तीहरुमा सेवा पु¥याउन सकिने लामिछानेले बताए ।

    कार्यक्रमबारे जानकारी दिदै जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख विश्वनाथ न्यौपानेले पाल्पा जिल्लामा हालसम्म २० वटा एम्बुलेन्स संचालनमा रहेको र अब रामपुर र रम्भामा पनि ल्याउने तयारी भैरहेको बताए । हस्तान्तरण कार्यक्रम जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सुचना अधिकारी माधव ज्ञवालीको संचालन र जिल्ला समन्वय समितिका प्रमुख दयाराज बस्यालको अध्यक्ष्यतामा सम्पन्न भएको हो ।

    बुटवल अनलाइन संवाददाता

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार