सवारीसँग रकम असुल्ने पक्राउ - Butwal Online
सवारीसँग रकम असुल्ने पक्राउ

घोराही, २८ साउन।  दाङ प्रहरीले गैर कानूनी रुपमा रकम सङ्कलन गर्ने ६ जनालाई नियन्त्रणमा लिएको छ । घोराही–रोल्पा सडकखण्डको सेवार बगाले भन्ने स्थानमा रकम सङ्कलन गर्दै गरेको समयमा उनीहरुलाई पक्राउ गरिएको प्रहरी जानकारी दिएको छ ।



‘रोल्पा–रुकुम ट्रक तथा मिनी ट्रक यातायात प्रालि’को नाममा उनीहरुले सडकमा गुड्ने सवारी साधनबाट रकम असुली गरिरहेका थिए । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार प्रालिको नाममा बोर्ड स्थापना गरी विभिन्न सवारीका साधनबाट रकम असुलेको गुनासोका आधारमा उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेमा घोराही–१५ का चन्द्र खड्का, नरेश घर्ती, घोराही–१४ का पृथ्वी वली, खिमबहादुर पुन, रामचन्द्र वली र घोराही–१३ का नन्दबहादुर पुन रहेको जिल्ला प्रहरी प्रवक्ता विनोदविक्रम शाहले जानकारी दिए । पक्राउ परेका सबै जनाविरुद्ध मुलकी अपराध संहिता ऐन २०७४ को परिच्छेद २१ को दफा २५३ अनुसार कारवाही प्रक्रिया शुरु गरिएको छ ।

रासस

बुटवल अनलाइन रासस को ग्राहक हो

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार