Trending
  • लामो दूरीमा चल्ने गाडीले दुई जना चालक नराखे कारबाही हुने - Butwal Online

    बुटवल, २९ साउन । लामो दूरीमा चल्ने सार्वजनिक गाडीमा अनिवार्य दुई जना चालक राख्न सरकारले ध्यानाकर्षण गराएको छ । यातायात व्यवस्था विभागले सूचना निकालेर दुई जना चालक हुनुपर्ने कानुनी व्यवस्थालाई कडाईका साथ कार्यान्वयन गर्ने जनाएको हो ।

    प्रस्थान स्थानबाट चार घण्टा भन्दा बढिको दुरीमा चल्ने यात्रुवाहक सार्वजनिक सवारीले प्रत्येक चार घन्टामा एक पटक आधा घन्टा विश्राम गर्नुपर्ने छ भने प्रस्थान स्थानबाट २ सय ५० किलोमिटर या त्योभन्दा बढी दूरीमा चल्ने यात्रुवाहक सार्वजनिक सवारीले दुई जना चालक नराखे कारबाही गर्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चेतावनी दिएको छ ।



    सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १०४ मा लामो दूरीमा चल्ने गाडीमा कम्तीमा दुई जना चालक अनिवार्य राखी हरेक ६/६ घण्टामा पालैपालो चलाउनुपर्ने प्रावधान छ ।

     

    एउटै चालकले लामो दूरीमा गाडी चलाउँदा थकानका कारण दुर्घटना हुने गरेको छ । लामो दूरीका तथा राति गाडी चलाउने चालक निदाउने, थकान र अरु मानसिक दबाबले दुर्घटना बढ्न थालेपछि विभागले दुई जना चालक हुनुपर्ने नियम पालना गर्न ध्यानाकर्षण गराएको हो ।

    बुटवल अनलाइन संवाददाता

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार