Trending
  • डाईभर्सन बनाएर सवारी सुचारु - Butwal Online
    डाईभर्सन बनाएर सवारी सुचारु

    सदिक्षा गैरे

    कावासोती, २९ साउन । पुर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको अरुणखोला पुल भाँचिएपछी रोकिएका सवारी साधनलाई वैकल्पिक बाटो (डाइभर्सन) निर्माण गरी सञ्चालनमा ल्याइएको छ । पुलमा क्षति पुगेपछि अहिले पुलबाट ठुला सबारी आवागमनमा रोक लगाईएको छ ।



    प्रहरिका अनुसार बुधबार बिहान १० बजे पछि नजिकै बाट डाईभर्सन बनाएर सबारी साधनहरु संचालनमा ल्याईएको छ । यसअघि पुलमा क्षति पुगेपछि बुधबार बिहान ४ बजे पछि पूर्व पश्चिम राजमार्ग अवरुद्ध भएको थियो । हल्का सबारी साधन भने पुल बाटनै आवतजावत गरिरहेका छ्न् ।

    प्रहरी निरिक्षक राजेन्द्र प्रसाद अधिकारिले दिएको जानकारी अनुसार पूर्वबाट पश्चिमतर्फ जादै गरेको ना ६ ख ४७१ नम्बरको ट्रक पुलमा ठोक्किदा पुलको एक स्थानमा क्षती पुगी करिब दुई मिटर तल लच्किएकाले पुलबाट ठुला सवारी साधान आवत जावत गर्न नसक्ने अवस्था सिर्जना भएको हो ।

    बुधबार बिहानदेखि पुलमा क्षती पुगेपछी लामो समय रोकिएका सवारि साधन र यात्रु हरु अहिले डाईभर्सन बने पछि गन्तब्य तर्फ लागेका छन् । क्षति कति भएको छ र पुल मर्मत हुन कति समय लाग्छ भन्ने कुराको यकिन जानकरी प्राबिधिकहरुले अध्ययन गरेपछी मात्र दिन सकिने अधिकारिले बताए । अहिले प्राबिधिकहरको टोलिले अध्ययन गरिरहेको छ ।

    बुटवल-नारायणगढ सडक खण्डका अधिकांश पुलको म्याद सकिसकेको छ । यस अघिपनि राजमार्गका बिभिन्न स्थानमा पुल भाँचिदा लामो समय सम्म सर्बसाधारणले सास्ती खेप्नु परेको थियो ।

    सदिक्षा गैरे

    सदिक्षा गैरे बुटवल अनलाइनका नवलपुर सम्बादाता हुन् ।

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार