Trending
  • सुनको मुल्य घट्यो - Butwal Online
    सुनको मुल्य घट्यो

    काठमाण्डौ, २९ साउन । मंगलबार एकैदिन तोलामा एक हजार रुपैयाँ बढेर तोलाको ७१ हजार रुपैयाँ पुगेको सुनको मूल्य आज घटेको छ ।



    सुनको भाउ बुधबार तोलामा ७ सय रुपैयाँ घटेर तोलाको ७० हजार ३ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अमेरिकाले चिनियाँ सामानमा आउँदो महिनादेखि बढाउने भनेको कर कार्यान्वयनमा ढिलाइ गर्ने भएपछि अन्तर्राष्ट्रिय बजारमा बुधबार सुनको भाउ केही घटेको महासंघले जनाएको छ ।

    अन्तर्राष्ट्रिय बजारमा सुन बुधबार प्रति औँस १५ सय डलर छ । अन्तर्राष्ट्रिय बजारमा भाउ घटेपछि नेपालमा पनि केही कम भएको हो । यस्तै, चाँदी बुधबार तोलामा ५ रुपैयाँ घटेर तोलाको ८ सय ३० रुपैयाँमा कारोबार भैरहेको छ ।

    यसैबीच नेपाल सुनचाँदी व्यवसायी महासंघले तत्काल पुराना गहना नबेच्न सबैसँग अनुरोध गरेको छ । भाउ बढेपछि व्यापार नै हुन छाडेको भन्दै पुराना सामान बेच्न नल्याउन महासंघले अनुरोध गरेको हो । महासंघका अनुसार भाउ बढेपछि बजारमा सुन किन्नेको भन्दा पनि बेच्नेको संख्या बढेको छ ।

    बुटवल अनलाइन संवाददाता

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार