Trending
  • आजको मौसम : केही स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना - Butwal Online

    बुटवल, २९ साउन । बुधबार देशका धेरैजसो स्थानमा दिनभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।



    जल तथा मौसम विज्ञान विभागका अनुसार केही स्थानमा चट्याङ्ग पर्ने सम्भावना रहेको छ । बुधबार राति पनि देशका धेरैजसो स्थानमा सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जनाइएको छ । पूर्व र पश्चिमका एक–दुई स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको जनाइएको छ ।

    मनसुनी न्यून चापीय रेखा औसत स्थानमा रहेको र पश्चिमी छेउ उत्तर तिर सर्ने क्रम जारी रहेको छ । यस्तै पूर्वी नेपाल नजिक न्यून चापीय प्रणाली बनेकाले त्यसको प्रभाव पूर्व र मध्य क्षेत्रमा पर्ने छ ।

    बुटवल अनलाइन संवाददाता

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार