Trending
  • अनियमिति विद्युत कटौंती प्रति सैनामैना कांग्रेसको गम्भिर ध्यानर्कषण - Butwal Online
    अनियमिति विद्युत कटौंती प्रति सैनामैना कांग्रेसको गम्भिर ध्यानर्कषण
  • एक साता भित्र समस्याको सामाधान हुन्छ : प्राधिकरण
  • बुटवल, २९ साउन । नेपाल विद्युत प्राधिकरणले अनियमित रुपमा विद्युत कटौंती गरेपछि रुपन्देहीको सैनामैनाबासीहरु आक्रोशित भएका छन् ।



    चर्काे गर्मीको समयमा समेत प्राधिकरणले बिना सुचना विद्युत कटौंती गरेपछि स्थानीयहरु आक्रोशित भएका हुन् । अनियमित बिद्युत कटौतीका कारण सैनामैनाका स्थानीयहरु पिडित भएपछि नेपाली कांगे्रस सैनामैना नगर समितिले विद्युत प्राधिकरण बुटवल वितरण केन्द्रको ध्यानाकर्षण गराएको हो ।

    बिगत ४ महिनादेखि अनियमित रुपमा विद्युत कटौंती हुँदा जनता आक्रान्त भएपछि नेपाली कांग्रेस डेलिगेसन गएको नगर सभापति रामप्रसाद अधिकारीले जानकारी दिए । दिनहँु ५–७ पटक विद्युत कटौंती हुँदा आमसर्वसाधारण जनताको जनजिवनमा समेत असर परेको उनले बताए । भविष्यका कर्णदार विद्यार्थीहरुको पठनपाठन समेत प्रभावित भएको बताउँदै अधिकारीले छिट्टो भन्दा छिट्टो समस्याको सामाधान गर्न प्राधिकारणसँग आग्रह गरे ।

    त्यस्तै नेपाली कांग्रेसका जिल्ला उपसभापति फडिन्द्र प्रसाद शर्माले विद्युत प्राधिकरणको चरम लापरबाहिले जनताले सास्ती खेप्नु परेको बताए । ठुल ठुला उद्योग धन्दालाई विद्युत दिएर सर्वसाधरण जनताको घरमा विद्यतु कटौंती गरेर दुःख दिएको उँनले आरोप छ ।
    नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र बुटवलका प्रमुख संजय कुमार मिश्रले एक साता भित्र जनताले महशुस हुने गरि सैनामैना क्षेत्रमा भएको विद्युत कटौंती समस्याको सामाधान गरिने आश्वासन दिएको पार्टी सभापति अधिकारीले जानकारी दिए ।

    अहिले तौलिहवा ग्रिडमा समस्या हुँदा यस क्षेत्रमा विद्युत कटौंत भएको बनाउदै बुटवल बितरण केन्द्र प्रमुख मिश्रले सैनामैनामा बन्न लागेको विद्युत प्राधिकरणको सब स्टेशनको ठेक्का प्रक्रियामा रहेको र सब स्टेशन बनेपछि विद्युत कटौंतीको दिर्घकालिन सामाधान हुने बताए ।

    नेपाली काग्रेस सैनामैना नगर सभापति रामप्रसाद अधिकारी, जिल्ला उपसभापति फडिन्द्र प्रसाद शर्मा , सचिब रामकृष्ण खाँड , महासमिति सदस्य युवराज गिरी , क्षेत्र नं. २ का सभापति हरि लम्साल , युवा नेता विष्णु पोखरेल सहित स्थानीय भएर नेपाल विद्युत प्राधिकरण बुटवल वितरण केन्द्रको ध्यानआर्कषण गराएका हुन् ।

    बुटवल अनलाइन संवाददाता

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार