Trending
  • पाल्पामा नौमति बाजा प्रतियोगिता हुँदै - Butwal Online
    पाल्पामा नौमति बाजा प्रतियोगिता हुँदै

    सुनिल कार्की

    पाल्पा, साउन २९ । पाल्पामा पहिलो पटक नौमति बाजा प्रतियोगिता हुने भएको छ । तानसेन नगरपालिकाको आयोजनामा जिल्लाका स्थानीय तहमा रहेका समुह बिच प्रतियोगिताको आयोजना गरिएको हो ।



    एतिहासिक भगवती जात्राको अघिल्लो दिन पारेर कृष्णजन्मास्टमीका दिन भाद्र ६ गते तानसेन टुडिखेल मैदानमा प्रतियोगिता हुने नगरपालीका अन्र्तगतको टुरिजम एक्सन कमितिका संयोजक सागर महर्जनले जानकारी दिए ।

    प्रतियोगितामा पहिलो हुनेलाई ५० हजार, दोस्रोलाई २० हजार र तेस्रो हुने समुहलाई १० हजार प्रदान गरिने संयोजक महर्जनको भनाई छ । तानसेन नगरपालीकाका योजना अनुगमन तथा प्रशासकिय अधिकृत बिष्णु पौडेलका अनुसार प्रतियोगितामा सहभागी हुन नगरपालिका, गाँउपालिका तथा सम्बन्धीत वडाको सिफारिस अनिवार्य हुनुपर्ने छ । प्रतियोगितामा प्रचलित नौमतिका सबै बाजाहरु हुनु पर्ने आयोजकले जनाएका छन्

    सुनिल कार्की

    सुनिल कार्की बुटवल अनलाइनका पाल्पा सम्बादाता हुन्

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार