Trending
  • ४६ हजार ५ सय ५५ घुस सहित बिद्युतका २ कर्मचारी पक्राउ - Butwal Online
    ४६ हजार ५ सय ५५ घुस सहित बिद्युतका २ कर्मचारी पक्राउ

    बुटवल,२९ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटलवको टोलीले नेपाल बिद्युत प्राधिकरण त्रिबेणी उप बितरण केन्द्रका दुइजना कर्मचारीलाई ४६ हजार ५ सय ५५ रुपया घुस रकम सहित पक्राउ गरेको छ ।


    पक्राउ पर्नेमा सो केन्द्रका चौथो तहका कर्मचारी मेघराज काफ्ले र प्राबिधिक नारायण कुर्मी रहेका छन् । थ्रि फेज लाइनको मिटर बक्स जडान गर्नकालागि घुस मागेको सूचनाको आधारमा बुटवलबाट गएको अख्तियारको टोलीले उनिहलाई ४६ हजार ५ सय ५५ रुपया घुस रकम सहित पक्राउ गरेको बुटवल स्थित अख्तियार कार्यालयका सूचना अधिकारी सुरेश भुसालले जानकारी दिए ।



    पक्राउ परेका दुवै जना हाल बुटवल स्थित अख्तियारको नियन्त्रणमा रहेको र बिहिबार आवस्यक कार्बाहीका लागि अख्तियारको केन्द्रीय कार्यालय टंगाल पठाइने सूचना अधिकारी भुसालले बताए ।

    बुटवल अनलाइन संवाददाता

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार