Trending
  • बिबि साइकल इन्टर-कलेज टुर्नामेन्ट फुटसल प्रतियोगिताको बिजेता बन्यो एनएमसी - Butwal Online

    नेपालगन्ज २९ साउन । नेपालगन्जमा सम्पन्न बिबि साइकल इन्टर-कलेज टुर्नामेन्ट फुटसल प्रतियोगिता २०१९को उपाधी नेपालगन्ज मल्टिपल क्याम्पस(एनएमसी)ले हात पारेको छ।



    आज(बुधबार) भएको एनएमसी र युनाईटेड बिचको फाइनल खेलमा एनएमसीले युनाईटेडलाई २ का विरुद्ध ६ गोल गर्दै फुटसल टुर्नामेन्टको बिजेता टिम बनेको हो। आज भएको खेलमा एनएमसीका रोशन बुढा म्यान अफ द म्याच घोषित भए। उनले ५ गोल गर्न सफल भएका थिए।

    एनएमसीका गोलकिपर धर्मराज जैसी बेस्ट किपर घोषीत हुँदा युनाइटेडका संदेश बोहरा म्यान अफ दि सिरीज भए। संदेशलाई बिबि साइकल सेन्टरको तर्फबाट साइकल प्रदान गरिएको थियो। यसका साथै बिजेता टिम एनएमसीले नगद रु.३० हजार प्राप्त गर्यो भने रनरअप टिम युनाइटेडले नगद रु १५ हजार प्राप्त गरेको थियो।

    बुटवल अनलाइन संवाददाता

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार