बागेश्वरी मन्दिरमा सपिङ कम्प्लेक्स शिलन्यास भए लगत्तै विवाद - Butwal Online

नेपालगन्ज, ३० साउन । पश्चिम नेपालको प्रमुख धार्मीक शक्तिपिठ नेपालगन्जमा रहेको बागेश्वरी मन्दिर परीषरमा सपिङ कम्प्लेक्स निर्माण गर्ने विषयमा विवाद भएको छ ।



नेपालगन्ज उपमहानगरपालीकाले मन्दिर परीषरमा सपिङ मल निर्माण गर्न लागेको भन्दै स्थानीयहरु विरोधमा उत्रिएका छन् । नेपालगन्जका केहि स्थानीयहरुले सपिङ कम्प्लेक्स निर्माण गर्न नहुने भन्दै शहरी विकास मन्त्रालयको आज ध्यानार्कषण गराएका छन् ।

डा. विनोद कर्ण, विवेक श्रेष्ठ, महेश श्रेष्ठ, समीरमान श्रेष्ठ र हेमन्तराज काफ्लेले मन्दिरको अस्तीस्व संकटमा परेको भन्दै आज संयुक्त रुपमा शहरी विकास मन्त्रि मोहम्मद इस्तीयाक राइलाई निवेदन दिएका छन् । उनिहरुले कम्प्लेक्स निर्माण तत्काल रोक्नुपर्ने र उक्त ठाँउमा रेलिङ लगाई मन्दिरको सौन्दर्यकरणमा जोड दिन माग गरेका छन् ।

धार्मीक आस्थाको केन्द्रलाई सौन्दर्यकरण र हरीयाली वनाइनुको सट्टा भएका रुखहरु मासेर व्यापारीक थलो वनाउन नहुने स्थानीयको भनाई छ । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य कृष्ण प्रसाद श्रेष्ठले कुनै पनि भौतिक संरचना बनाउँदा फराकिलो हुने गरी बनाउनु पर्ने बताएका छन् । मन्दिरलाई कुरूपता हुने गरी बनाउन नहुने बताउदै उहाँले मन्दिरको आम्दानीका लागी भनेर कुरुप बनाउन नहुने प्रतिक्रिया दिए ।

प्राचीन र ऐतिहासिक वागेश्वरी मन्दिर सरकारको एक सय पर्यटकिय गन्तव्यको सूचिमा सूचिकृत पनि छ । सतिदेविको जिब्रो पतन भएको भन्दै स्थानीय सदियौदेखी आस्थाको केन्द्रका रुपमा पुजापाठ गर्दै आएका छन् । यहाँ भारतबाट पनि भक्तजनहरु आउने गरेका छन् । बागेश्वरी मन्दिरको छेउमा कम्पलेक्स निर्माणका लागि मेयर धवल शम्शेर राणाले हिजो शिलान्यास गरेको तस्वीर सामाजीक सन्जालमा राखेपछि स्थानीयहरुले आलोचना गरेका हुन् ।

अन्तराल मिडियाका कार्यकारी प्रमुख जयनारायण शाहले वरु मन्दिरको जग्गामा दर्शनार्थीहरुलाई वस्ने वेन्च या पाटी वनाइनुपर्ने बताए । मन्दिरको आयश्रोतका विभिन्न उपाय रहेको बताउदै धार्मिक सम्पदा छोपिनेगरि ठूला भवन वनाउन नहुने बताए । त्यस्तै पत्रकार प्रेम केसी, रुद्र सुवेदि लगायत स्थानीयहरुले कम्प्लेक्स निर्माण गर्न नहुने भन्दै सामाजीक सन्जाल फेसवुकमा प्रतिक्रिया राखेका छन् ।

९३ लाख रुपैयाको लागतमा निमार्ण हुन लागेको कम्प्लेक्सको पहिलो तलामा १७ वटा सटर निर्माण हुने र माथिल्लो तलामा धर्मशाला निर्माण गरीने मन्दिर व्यवस्थापन समीतिले जनाएको छ । कम्प्लेक्स निर्माण पछि मासीक २ लाख रुपैया मन्दिरलाई आम्दानी हुने देखीएपछि निर्माण थालेको मन्दिर व्यवस्थापन समीतिका अध्यक्ष समेत रहनुभएका मेयर डा. धवल शम्शेर राणाले बताए ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार