Trending
  • पक्लिहवा कृषि क्याम्पसमा प्रथम बीउ प्रदर्शनी मेला सम्पन्न - Butwal Online

    बुटवल, ३१ साउन । पक्लिहवा कृषि क्याम्पसले प्रथम बीउ प्रदर्शनी मेला सम्पन्न गरेको छ ।



    पक्लिहवा कृषि क्याम्पसकामा भएको एक दिने सातौ सत्रान्त कृषि द्वारा आयोजित प्रदर्शनी मेलालाई उद्घघाटन गदै क्याम्पस प्रमुख प्रोफेसर डा. कन्हैया प्रसाद सिंहले क्याम्पसमा पहिलो चोटि गरिएको यो प्रद्धर्शनीले बिद्याथीहरुले धेरै कुराहरु सिक्ने बताए ।

    बिद्यार्थीहरुले क्याम्पसमा सबैलाइ सिक्ने एउटा प्रेणको रुपमा यो प्रदशनिले ठुलो भुमिका खेलेको बताए । मेलाबाट विद्यार्थीहरुले धेरै नया कुराहरु सिकेको बताउदै आगामी दिनमा क्याम्पसले यी र यस्ता कार्यक्रमहरुलाई निरन्तर अगाडी बढाउने बताए ।

    कार्यक्रममा मन्तव्य राख्दै उप प्रध्यापक सुवोद खनालले लोप हुन लागेका बिउहरुलाइ फेरि व्यास्थापन गरि उत्पादन र बजारिकरण गर्नको निम्ति विद्याार्थीहरुको सिकाइलाई थप प्रेरणा प्रदान गरेको बताए । बीउ प्रदर्शनी मेला देशका विभिन्न कृषि क्यापस र क्याम्पस बाहिर पनि विभिन्न सस्थाले आयोजना गर्नु पर्ने बताए ।

    यस्ता मेलाले स्थानिय कृषकहरुलाइ सहयोग हुने बताए । मेलामा नेपालको सात ओटै प्रदेशका विध्यार्थीहरुले आ आफ्नो ठाउका विभिन्न रैथाने र त्यहाँ उपलब्ध बिउहरु संकलन गरेका थिए । मेलामा प्रदेश नम्बर १ मा पाइने ७४ प्रजाती , प्रदेश नम्बर २ बाट ६८ , ३ बाट २४७, ४ बाट ८६ , ५ बाट २२ , ६ बाट ७६ र ७ बाट ९९ प्रजातिको बीउ मेलामा राखिएको कुरा उक्त प्रदर्शनीका व्याबस्थापन टिमका सदस्य प्रविण बुढाथोकीले बताए ।

    कार्यक्रम दिउँसो ११ बजेदेखि ४ बजेसम्म गरिएको उक्त मेला हेर्न क्याम्पस भित्र र बाहिरका गरि करिब ३०० मानिसहरूले मेलाको अबलोकन गरेका थिए ।

    बुटवल अनलाइन संवाददाता

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार