Trending
  • पुडासैनी आत्महत्या प्रकरण : रवि लामिछानेलाई ५ दिन हिरासतमा राखिने - Butwal Online

    काठमाडौं, ३० साउन । टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित ३ जनालाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गरिने भएको छ ।



    पत्रकार शालिग्राम पुडासैनी आत्महत्या प्रकरणमा चितवन जिल्ला अदालतले रवी लामिछानेसहित ३ जनालाई अनुसन्धानका लागि भन्दै बिहीबारबाट लागू हुने गरी ५ दिनको म्याद थप गरेको छ ।

    घटनाकाे अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयले म्याद थपकाे माग गरेकाे थियाे । चितवन जिल्ला अदालतका न्यायाधीश विनोदकुमार  शर्माको इजलासले म्याद थप गरेको प्रहरीले जनाएको छ ।

    चितवन जिल्ला प्रहरी कार्यालयले थुनुवा पूर्जी दिइसकेको र म्याद थपको माग गर्दै लामिछानेलाई अदालत पुर्याएको थियो । आत्महत्या प्रकरणमा अनुसन्धान गर्न प्रहरीले लामिछानेसँगै उनका सहकर्मी युवराज कँडेल तथा अस्मिता कार्कीलाई बिहीबार काठमाण्डौबाट पक्राउ गरेर चितवन लगेको थियो ।

    बुटवल अनलाइन संवाददाता

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार